ललितानिवास जग्गा हिनामिना मुद्दामा प्रतिवादी तर्फका कानुन व्यवसायीको बहस जारी
नेपालबहस संवाददाता
भदौ १९, २०८० मंगलबार १३:१२:१२
१९ भदौ, काठमाडौं । बालुवाटारस्थिल ललितानिवासको सरकारी जग्गा हिनामिना मुद्दामा आज प्रतिवादीहरुका वकिलले थुनछेक बहस जारी राखेका छन् । न्यायाधीश भोलानाथ ढकालको इजलासमा सरकारी वकिल तर्फकाे बहस सोमबार नै सकिएको थियो ।
सोमबार ३ जना प्रतिवादीका वकिलले बहस गरेपनि बाँकी तर्फका वकिलहरूले बहस जारी राखेका छन् । प्रतिवादीका वकिलको बहस सकिन कम्तीमा २ दिन लाग्ने जनाइएको छ । तीन सय १२ जनालाई जग्गा हिनामिनाको कीर्ते कसुरमा हाल १८ जना मात्र पक्राउ परेका छन् । बाँकीलाई फरार सूचीमा राखेर सीआईबीले खोजी गरिरहेको छ ।
थुनछेक बहस सकिएपछि प्रतिवादीहरुलाई थुनामा राख्ने किन धरौटीमा छोड्ने आदेश आउनेछ । हिनामिनामा गएको असार १२ मा पहिलोपटक भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङलाई पक्राउ गरेपछि पक्राउ श्रृंखला चलेको थियो । अन्य भने लुक्न र विदेश भाग्न सफल भएका छन् ।
पक्राउ परेका गुरुङसहित सबैलाई सीआईबीले कीर्ते र संगठित अपराध कसुरमा ६० दिन हिरासतमा राखेर अनुसन्धान गरेपनि सरकारी वकिलको कार्यालय काठमाडौंले कीर्ते कसुरमा मात्र मुद्दा चलाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार