अरुण तेश्रो जल विद्युत आयोजनमा भारतीय कम्पनीले ज्यादति गरेको भन्दै स्थानीय आन्दोलित
नेपालबहस संवाददाता
भदौ १९, २०८० मंगलबार १४:२८:४२
१९ भदौ, काठमाडौं । संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युतगृह स्थानीयले ठप्प पारेका छन् । जग्गाको मुआब्जा नभएको भन्दै उनीहरुले गृह चल्न दिएका छैनन् ।
अरुण तेस्रो प्रवेशमार्गको छ्याङकुटी–दिदिड पुखुवा सडकखण्डको मुआब्जा वितरणमा आयोजनाको ठेक्का पाएको भारतीय कम्पनीले ढिलाई गरेको उनीहरुको भनाइ छ । आक्राेशित उनीहरू आन्दोलनमा उत्रिएका छन् ।
मुआब्जा तत्काल वितरण गर्न माग गर्दै रुण तेस्रोको विद्युत गृहस्थल र सडक अनिश्चितकालका लागि बन्द गरेको घोषणा गरेका छन् । कम्पनीले आफूहरुलाई झुक्यानमा पारेर सुकुम्वासी बनाएको भन्दै पालमुनिको सधैं पालमुनिको बास बस्न नसकिने बताएका छन् ।
अरुण तेस्रो प्रवेशमार्गका जग्गाधनीहरुले संघर्ष समिति गठन गरेर मंगलबार ब्यानरसहित सडक अवरूद्ध गर्दै प्रदर्शन गरेका छन् । अरुण तेस्रो प्रवेशमार्गको २४ किलोमिटर क्षेत्रको मुआब्जा नपाएको उनीहरुले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय संखुवासभामा गठित छुट मुआब्जा निर्धारण समितिले गत वैशाख २६ गते छयाङकुटी–दिदिड सडकखण्डको प्रति रोपनी ११ लाख ७५ हजार दिने निर्णय गरेपनि वितरण भएको छैन । अरुण तेस्रो विद्युत् आयोजना निर्माण भारतीय कम्पनी सतलजले गरिरहेको छ । मुआब्जा नपाएसम्म गविद्युत गृह संचालन गर्न नदिने संघर्ष समितिका संयोजक जनीकुमार राईले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
चिसो बढ्दै गएपछि सोलुखुम्बुमा आगो ताप्ने व्यवस्था
पुष १५, २०८१ सोमबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
सरकार सञ्चालन र नेतृत्व विकाससम्बन्धी अन्तरक्रिया
पुष १९, २०८१ शुक्रबार
घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने
पुष १९, २०८१ शुक्रबार
‘स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याउन स्रोत खोज्दै’
पुष १९, २०८१ शुक्रबार
ताजा रगत खोज्न ‘ब्लड फर मी’ ‘मोबाइल एप्स’ सार्वजनिक
पुष १९, २०८१ शुक्रबार
विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार
विराटनगरका मेयर नागेश कोइराला प्रवृत्ति : ‘सिङ नभएको तिखे गोरु’
पुष १९, २०८१ शुक्रबार