कुलपति राईको नेतृत्वकाे कार्यदललाई संस्कृतिसम्बन्धी नीति बनाउने जिम्मा
नेपालबहस संवाददाता
भदौ १९, २०८० मंगलबार १४:३८:७
१९ भदौ, काठमाडौं । नेपालमा पहिलो पटक संस्कृतिसम्बन्धी नीति बन्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संस्कृति नीति बनाउन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको संयोजकत्वमा १३ सदस्यीय कार्यदल गठन गरेको हो ।
मन्त्रीस्तरीय निर्णयानुसार कार्यदल गठन भएको मन्त्रालयले जनाएको छ । सोमबार सिंहदरबारमा भएको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन मन्त्रालयको आगामी कार्ययोजनाबारे बोल्दै पर्यटनमन्त्री किरातीले पहिलोपटक संस्कृति नीति बनाउन विज्ञ सरोकारवालासहितको कार्यदल गठन गरिने र उक्त कार्यदलले करिब दुई महिनामा प्रतिवेदन बुझाउने गरी समयावधि तोकिने जानकारी दिएका थिए ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय भए पनि विगतमा संस्कृतिसम्बन्धी उल्लेख्य काम नभएको मन्त्री किरातीको धारणा छ । नेपाली समाज र संस्कृतिमाथि प्राज्ञिक अध्ययन गरेरमात्र समाज राष्ट्रलाई समृद्धशाली बनाउन सकिने भएकाले आगामी दिनमा संस्कृतिमाथि बृहत्तर अध्ययन गरिनुपर्ने मन्त्री किरातीको भनाइ छ ।
नेपालको पर्यटन नीति हवाई उड्डयन नीति र संस्कृति नीति पुरानै भएकाले यसबाट ठोस परिणाम निकाल्न नसकिने भएकाले पनि मन्त्रालय अन्तर्गतका तिनै क्षेत्रको नीतिनिर्माण गरिने मन्त्री किरातीले बताए ।
समितिमा पूर्वव्यवस्थापिका सांसद सदस्य मल्ल के सुन्दर, भाषा आयोगका सदस्य डा अमर गिरी, संस्कृति महाशाखा प्रमुख दामोदर गौतम, संस्कृतिविद् डा प्रेम खत्री, संस्कृतिविद् डा डिल्ली ओली, पूर्वसचिव डा मानबहादुर विश्वकर्मा, प्राडा वीणा पौड्याल, देवशरण यादव, सांस्कृतिक अध्यता भोगिराज चाम्लिङ चलचित्र निर्देशक नवीन सुब्बा र सदस्य सचिवमा संस्कृति शाखा प्रमुख उपसचिव पुण्यमाया गरागार्इं रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
पाथीभरामा विदेशी पर्यटकको चहलपहल बढ्यो
मंसिर १२, २०८१ बुधबार
पशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
जाडो छल्न आएका चखेवा
मंसिर १३, २०८१ बिहिबार
उद्योगमा जोडिएको लाइन काट्न नपाएपछि उद्योगीका घरतिर लागे कुलमान, आयोगसँग मागे अनुमति
मंसिर १३, २०८१ बिहिबार
मलको अभाव हुँदा खेती गर्न समस्या
मंसिर १३, २०८१ बिहिबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार
क्षतिग्रस्त पुल मर्मतपछि नियमित सञ्चालनमा
मंसिर १३, २०८१ बिहिबार
एक कप चियाको एक लाख !
मंसिर १३, २०८१ बिहिबार