रानीहार चाेरेर बैंक ऋण, आरोपी युवती प्रहरीको फन्दामा
नेपालबहस संवाददाता
भदौ १९, २०८० मंगलबार १५:२:२७
१९ भदौ, काठमाडौं । लमजुङमा विभिन्न व्यक्तिको घरबाट सुनका गहना चोरी गरेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार पक्राउ पर्नेमा बेशीशहर नगपालिका–७ की २७ वर्षीया सुजा घिमिरे रहेकी छन् । घिमिरेमाथि दुई वटा चोरीका घटनाको आरोप छ ।
सुजाले गत वैशाख २५ गते वडा ७ क्याम्पस रोडस्थित जमुना रिमालको घरबाट सुनका ठूलो परिमाणमा गरगहना चोरी गरेको खुलेको छ । त्यसपछि साउन ३० मा सोही वडाकी बालकुमारी घिमिरेको घरबाट सुनको गरगहना चोरी गरेको पाइएको छ । चोरीको तरिका र कनेक्सनमाथि अनुसन्धानका क्रममा एनजीओमा कार्यरत सुजाको संलग्नता देखिएपछि सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जमुना सुजाकी साथी हुन् भने बालकुमारी साथीकी आमा हुन् । दुई जनाको घरमा करिब २३ तोला सुन तोला सुन चोरी गरिएको खुलेको छ । सुजाले चोरीको ३ तोला बेशीशहरस्थित नेपाल बैंक लिमिटेडका शाखामा धितो राखेर ऋण समेत लिएको खुलेको प्रहरीले जनाएको छ ।
पक्राउपछि तलासी लिने क्रममा सुजाको कोठाबाट बाँकी चोरिएका गहना एउटा रानीहार, २ वटा बाला, ४ वटा औंठी, सिक्री, मिनिहार, टप, लगायत गहनाहरू बरामद भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । आरोपीमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार