सीमा क्षेत्रबाट एक पक्राउ गरिएका सुन तस्करीका आरोपी खरेललाई काठमाडौं ल्याइँदै
नेपालबहस संवाददाता
भदौ १९, २०८० मंगलबार १६:१:६
१९ भदौ, काठमाडौं । गएको साउन २ मा हङकङबाट उडानमार्फत ल्याइएको झण्डै ६० किलो सुन तस्करी प्रकरण भारतसँगको सीमा क्षेत्रबाट पक्राउ गरिएका आरोपी सुमन खरेललाई सीआईशीले काठमाडौं ल्याउँदैछ ।
रुपन्देही घर भई हाल काठमाडौँको टोखा बस्ने सुमन खरेललाई नेपाल भारत सीमा क्षेत्र कपिलवस्तुबाट सोमबार पक्राउ गरिएको थियो । उनलाई काठमाडौं ल्याउने क्रममा रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए । काठमाडौं ल्याई अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद लिने तयारी भइरहेको उनले बताए ।
सुन तस्करी प्रकरणको सूचना सङ्कलनका लागि सीआईबीले एक अधिकृतको टोली भारत पठाएको छ भने, अर्का अधिकृत एसएसपी दिनेशराज आचार्यको टोली हङकङ पठाइसकिएको छ । सुन तस्करीमा हालसम्म २५ जना पक्राउ परेका छन् ।
मोटरसाइकलको ब्रेकशुमा लुकाएर तस्करले ६० केजी ७१६ ग्राम सुन भिछ्याएका थिए । उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छिराउन सफल भएपनि सिनामंगलबाट नियन्त्रणमा लिइएको थियो । ब्रेकशु पगालेर जोख्दा उक्त परिमाणमा असल सुन ठहरिएको थियो । तस्करीमा राजनीतिक दल नेता र विमानस्थलका उच्च तहका कर्मचारीको मिलेमतो देखिएको छ ।
सोही आरोपमा आजै मात्र माओवादी केन्द्रका नेता एवं पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनलाई सीआईबीले सोधपुछ गरेर तारेखमा राखेको छ ।
यसभन्दा पहिले गत पुष १० मा विमानस्थलबाटै विद्युतीय चुरोटमा लुकाएर तस्करी भएको ९ केजी सुन प्रकरणमा माओवादी केन्द्र उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलको संलग्नता रहेको सीआईबीको प्रतिवेदनले जनाएको छ । राहुलले गत हप्ता प्रहरीसमक्ष आत्मसमर्पण गरेपनि बाबुलाई भने अझैअनुसन्धानकाे दायरा ल्याइएकाे छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेही जिल्लाका प्रमुखसहित १७ एसपीको सरुवा, पर्सामा मिश्र, बारामा तामाङ
माघ १२, २०८१ शनिबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार