मधेश प्रदेशका सांसद अनिरुद्ध सिंह जेल चलान
नेपालबहस संवाददाता
भदौ १९, २०८० मंगलबार १८:३७:३२
१९ भदौ, काठमाडाैं । सप्तरी ४ (क)बाट मधेश प्रदेश सभामा विजयी स्वतन्त्र सांसद अनिरुद्ध सिंह यादवलाई ज्यान मुद्दाको पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
उनलाई सप्तरी जिल्ला अदालतबाट मंगलबार भएको आदेशबमेजिम सप्तरी कारागार चलान गरिएको सप्तरी प्रहरीले जनाएकाे छ ।
सांसद यादवलाई प्रहरीले २०६४ असार ९ मा तत्कालीन एकीकृत नेकपा (माओवादी)का नेता भिपु भनिने ३२ वर्षीय गोविन्द चौधरीको अपहरण र हत्या अभियोगमा जिल्ला अदालतमा मुलतबीमा रहेको मुद्दामा सोमबार दिउँसो राजविराजबाट पक्राउ गरेको थियो ।
मृतककी दिदी धनगढी गाविस–३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते कर्तव्यज्यान मुद्दामा यादवसहित नौ जनामाथि किटानी जाहेरी दिएकी थिइन् । जाहिरीपरेपछि यादव फरार थिए । सोही मुद्दामा एक जनाले २०७२ मा सफाइ पाएका थिए भने एक जना धरौटीमा छुटेका थिए ।
फरार रहेका प्रतिवादीहरुको मुद्दा मुलतबीमा राखिएको थियो । मुद्दा रहेकै अवस्थामा गत आमनिर्वाचनमा जसपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए । जेल परेसँगै यादवको सांसद पद गुम्ने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याद थप गर्न दुर्गा प्रसाईंलाई अदालत लगियो
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार