तस्करीको सुनबारे दीपेश पुन र राहुल महराको इन्कारी बयान, थप प्रमाण जुटाउदै सीआईबी
नेपालबहस संवाददाता
भदौ २०, २०८० बुधबार ११:९:४३
२० भदौ, काठमाडौं । त्रिभुवन विमानस्थल बाहिरबाट बरामद भएको साढे ६० किलो सुन तस्करी प्रकरणमा प्रहरी हिरासतमा दावा छिरिङसँग नजिक रहेका पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) समक्ष इन्कारी बयान दिएका छन् । उनलाई सीआईबीको बयानमा उनले तस्करीबारे जानकारी नभएको बयान दिएका छन् ।
दुवैबीच कुराकानी हुने गरेको स्वीकार गरेपनि उसले गर्ने कारोबार बारे आफूलाई जानकारी नभएको पुनले बताएका छन् । दावासँग असाधारण तवरमा सम्पर्क भएकाहरूलाई बुझ्न बोलाउने क्रममा दीपेश पुनसँग पनि सोधपुछ गरिएको थियो । सीआईबीका अनुसार प्रारम्भिक सोधपुछमा अनुसन्धानका लागि आवश्यक उल्लेखनीय कुरा खुलेको छैन ।
यद्यपि दावाकी श्रीमती अमला रोकाका व्यापारिक साझेदारसँग समेत दीपेशको सम्बन्ध देखिएकाले उनलाई केही कुरा बुझ्नु पर्ने भएकाले सीआईबीले बोलाएको थियो । तर पुनले अमला मार्फत चिनजान भएपनि कारोबारबारे केही थाह नभएको तथा उनको कारोबारको विषयमा कोही कसैलाई पनि सोर्स वा फोर्स लगाउने नगरेको त्यसका लागि कुनै सार्वजनिक पद धारण गरेका व्यक्तिलाई फोन नगरेको दावी गरेका थिए ।
उनले दावासँगको चिनजान अमलाको कारण भएको बताएका छन् । ‘बुबा पहिला थवाङमा पढाउनुहुन्थ्यो । त्यति बेलाबाटै हाम्रो परिवार र थवाङवासीबीचको सम्बन्ध विशेष खालको छ । माओवादी ‘जनयुद्ध’को समयमा थवाङवासीले पुर्याएको योगदानलाई हाम्रो पार्टीले भुलेको छैन । त्यस क्रममा अमला पनि थवाङकै भएको, सहिद परिवारको पनि भएको, रोल्पा काठमाडौं सम्पर्क मञ्चको नेता पनि भएको हुँदा उहाँको परिवार र हाम्रो परिवारबीच भेटघाट हुने गरेको सत्य हो । तर उहाँहरूको व्यापार–व्यवसायबारे हामी जानकार छैनौ’, उनले सीआईबीको बयानमा भनेको स्रोतले जनाएको छ ।
त्यसै गरी उनले ठमेलमा उनको होटलमा जाने गरेको पनि खुलाएका छन् । ‘त्यस होटलमा रोल्पाका माओवादी नेता–कार्यकर्तहरूको जमघट हुने गर्छ । त्यस्तो जमघटको आयोजना पनि अमलाले नै गर्ने भएकाले त्यहाँ कहिलेकाहीँ हामी जानु स्वाभाविक हो । तर अहिले प्रचार गरिएजस्तो सुन काण्डमा हामीले जोगाएको र दावाका काममा सहयोग गरेको जस्ता आरोप निराधार हुन् ।
राज्यले दावालाई पक्राउ गरेको छ । यस्तो विषयमा जोसुकै भए पनि कारबाही हुनुपर्छ भन्ने हाम्रो धारणा छ । अनुसन्धान गर्ने राज्यको दायित्व भएकाले निष्पक्ष अनुसन्धान होस् भन्ने हाम्रो चाहना छ । अपराध कर्ममा जो कोही जोडिए पनि कारबाहीको भागीदार हुनैपर्छ । तर म यो विषयसँग विल्कुलै जानकार छैन’, उनले सीआईबीलाई दिएको बयानलाई उद्धृत गर्दै स्रोतले भन्यो ।
पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन र पूर्व अर्थमन्त्री वर्षमान पुनका परिवारको सुन तस्करीमा संलग्न गिरोहसँग व्यापारिक साझेदारी रहेको पाइएको छ । २०७६ माघ १ गते अमला र दीपेश तीन जना चिनियाँसहित मनाङ एअरको हेलिकोप्टरमा गोसाइँकुण्ड गएका थिए । काठमाडौंको भियना होटलमा अमलासँग साझेदार रहेका चु जिलियाङ पनि उक्त भ्रमणमा सामेल थिए । उक्त होटलमा दावा, अमला, मञ्जिल श्रेष्ठ, चिनियाँ नागरिकहरू जिलियाङ, चेन काइमु, गुआङपेङग जोङ साझेदार छन् ।
यो होटल ३० करोड रूपैयाँ चुक्ता पूँजीसहित २०७४ सालमा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको कागजातबाट खुल्छ । दावा पक्राउ परेको भोलिपल्ट समेत अमलाले पूर्व उपराष्ट्रपति नन्दबहादुरलाई भेटेको भिडिओ उनकी बहिनी नाता पर्ने बिन्दु मगरले फेसबुक रिलमा राखेकी थिइन् । यी घटनाक्रमले दावा–अमला गिरोहसँग दीपेशको लामो समयदेखि साँठगाँठ रहेको समेत खुलाउँछ । दीपेश माओवादी भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का महासचिव समेत हुन् । दावा नेपालमा चिनियाँ गिरोह ल्याउने एजेन्ट रहेको प्रहरीको स्रोतको दावी छ ।
स्रोतका अनुसार पुनलाई आवश्यक परेको बखत उपस्थित हुने गरी छाडिएको छ । यस्तै राहुल महरालाई पनि सीआईबीले पक्राउ गरी अनुसन्धान गरी रहेको छ । राहुल महराले पनि दाओजिन वाङसँग सम्बन्ध रहेपनि कारोबार बारे जानकारी नभएको बताएका छन् । ‘उनी व्यापारी हुन भन्ने थाह छ तर के को व्यापार गर्थै भन्ने जानकारी छैन’, राहुलको बयानलाई उद्धृत गर्दै स्रोतले भन्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्लाको आदेश सदर गर्दै उच्च अदालतले भन्यो, बेचन झालाई थुनामै राख्नु
पुष १, २०८१ सोमबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार