जनकपुरधाममा धर्म परिवर्तनसम्बन्धी प्रचार गरेकाे आराेपमा दुई जनालाई कालोमोसो
नेपालबहस संवाददाता
भदौ २०, २०८० बुधबार ११:३५:५५
२० भदौ, काठमाडौं । क्रिश्चियन धर्मको प्रचार गर्दै हिँडेका केही व्यक्तिलाई जनकपुरधाममा एक समूहले कालो मोसो दलेर नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ ।
विभिन्न प्रलोभन देखाएर क्रिश्चियन धर्म प्रचार गर्दै हिँडेको आरोपमा मंगलबार हिन्दू सम्राट सेना नेपाल नामक समूहले जनकपुरधाम एक महिला र एक पुरुषलाई मोसो दलेका हुन् ।
जनकपुरधामको जनकपुर ट्रमा सेन्टर हस्पिटल अगाडिबाट कालो मोसो दलेर दुवै जनालाई प्रहरीलाई बुझाइएको थियो । उनीहरुले क्रिश्चियन धर्मका बाइबल लगायत पर्चा बाँडेर धर्म प्रचार गरेको सेनाको आरोप छ ।
पैसाको प्रलोभन देखाएर धर्म परिवर्तन गरेर हिँडेको पाइएपछि मोसो दलेर बजार परिक्रमा गराइएको संगठनले जनाएको छ । हिन्दू धर्मको गलत व्याख्या गर्दै बदनाम गरेर क्रिश्चियन धर्म प्रचार गरेको आरोप लगाइएको छ ।पक्राउ गरिएका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएका छन् ।
निजहरुमाथि आवश्यक अुनसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ । कुनै धर्मबारे प्रचार गर्ने र धर्म परिवर्तन गर्न नपाइने कानूनी व्यवस्था रहेको छ । गर्नेमाथि कारवाही हुने व्यवस्था समेत छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार