त्रिशूली नदीमा खसेको कारका चालक सकुशल
नेपालबहस संवाददाता
भदौ २०, २०८० बुधबार १२:१६:१५
२० भदौ, काठमाडौं । बुधबार बिहान त्रिशूली नदीमा खसेको कारका चालक बाँच्न सफल भएका छन् । आज बिहान करिब २ बजेतिर सिमराबाट काठमाडौं आइरहेको ना ४ च ६५१४ नम्बरको कार अनियन्त्रित भई सडकबाट १२० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।
कार नदी खस्ने क्रममा चालक बाराको सिमरा उपमहानगरपालिका-११ बस्ने २३ वर्षीय प्रविन गौतम बाँच्न सफल भएका हुन् । उनी कार खस्ने क्रममा ढोकाबाट बाहिर उछिट्टिएका थिए । उनी सकुशल रहेका छन् ।
धादिङको इलाका प्रहरी कार्यालय बेनिघाटले घटनाबारे गौतमलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । कारमा चालक मात्रै सवार रहेको खुलेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोरखामा २८ वर्षीया युवतीको हत्या
असोज २४, २०८१ बिहिबार
काठमाडौंबाट ओखलढुंगा जादै गरेको बस दोलखाको बोचमा दुर्घटना
असोज २३, २०८१ बुधबार
धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु
असोज २२, २०८१ मंगलबार
उर्जामन्त्रीको विवादित होटल उद्घाटनमा प्रधानमन्त्रीदेखि कांग्रेस सभापतिसम्म
असोज २४, २०८१ बिहिबार
बार र बेञ्चको विवादः कात्तिक १ गते कसरी समाधान निस्कन्छ ?
असोज २४, २०८१ बिहिबार
अब टविटर 'एक्स' प्रयोगकर्तालाई मस्कले पैसा दिने
असोज २४, २०८१ बिहिबार
माछापुच्छ्रे बैंकले ल्यायो ग्राहकहरूलाई नौलो अनुभव दिन एम–कार्ड सेवा
असोज २४, २०८१ बिहिबार
तानसेनमा बडादशैंको फुलपाती भित्र्याइयो ( फोटो फिचर )
असोज २४, २०८१ बिहिबार
गोरखामा २८ वर्षीया युवतीको हत्या
असोज २४, २०८१ बिहिबार
हनुमानढोका दरबारको दशैंघरमा भित्र्याइयो फूलपाती ( फोटो फिचर )
असोज २४, २०८१ बिहिबार