पहिरोको अध्ययन गर्न भूगर्भ विभागको टोली जलजला पुग्यो
नेपालबहस संवाददाता
भदौ २१, २०८० बिहिबार ११:१५:४६
२१ भदौ, पर्वत । पर्वतको जलजला गाउँपालिकामा पहिरोले नोक्सान पु¥याएपछि अध्ययनका लागि खानी तथा भूगर्भ विभागको टोली यहाँ आइपुगेको छ । खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली बुधबार जलजला गाउँपालिका–५ कुवापानी पुगेको हो ।
विभागका भूगर्भविद् अनिस खनाल, प्राविधिक विरास मल्ल र इन्जिनियर ईश्वर न्यौपाने यहाँ पुगेकाे हाे । टोलीले बुधबारदेखि नै पहिरोको अध्ययन थालेको छ । स्थलगत अध्ययन र ल्याब परीक्षणपछि रिपोर्ट तयार गर्ने भूगर्भविद् अनिस खनालले जानकारी दिए । प्रारम्भिक रुपमा हेर्दा पहिरो पहाडबाट छुट्टिएको र पहिरोमुनिको बस्ती परम्परा कालमै पहिरो गएकै स्थानमा बसेकाले पनि थप जोखिम रहेको उनको भनाइ छ ।
“विस्तृत विवरण अध्ययन र सबै क्षेत्रको अवलोकनपछि आउँछ”, उनले भने, “भूकम्पलगायत विभिन्न कारणले यो क्षेत्र जोखिममा परेको हो ।”
टोलीले उक्त क्षेत्रको भौगोलिक अवस्थाको बारेमा अध्ययन अनुसन्धान गर्नुका साथै थप जोखिम हुने अवस्था, निराकरणका उपाय र पहिरोले क्षति पुर्याएका बस्ती स्थानान्तरण गर्नुपर्ने या नपर्ने विषयमा समेत प्रतिवेदन तयार पार्ने भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय जलजला गाउँपालिका तथा जिल्लास्थित भू तथा जलाधार व्यवस्थापन कार्यालयलगायतको पटक–पटकको अवलोकन र नियन्त्रणको प्रयाससमेत असफल भएपछि भूगर्भविद्को टोली ल्याउनुपरेको प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यले जानकारी दिए । टोलीको प्रतिवेदनको आधारमा उक्त क्षेत्रको संरक्षणका लागि पहल थालिने छ ।
कुवापानीबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ, मुलघडेरी, नेपानेका सात परिवार विस्थापित भएका छन् भने झण्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । असार दोस्रो सातादेखि पानी परेको समयमा लेदोसहितको पहिरो आउन थालेको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए ।
“पानी पर्नासाथ पहिरो खस्ने समस्या छ, अहिले सात परिवार घर छाडेर अन्यत्र गएका छन्”, उनले भने । स्थानीय नगेन्द्र कार्की, पदम कार्की, रवीन पुन, डम्बर खत्री, लालबहादुर जिसी, रेशमबहादुर काकी र डेकबहादुर कार्कीको परिवार अन्यत्र बसाइँ सरेका छन् । उनीहरूको बिचल्ली भएको छ । पाँच परिवार स्थानीय सामुदायिक भवन र आफन्तको घरमा बस्न बाध्य छन् ।
पहाड चिराचिरा परेका कारण पानी परेको समयमा त्यस क्षेत्रको बस्ती जोखिममा छ । कुवापानीको जङ्गलबाट आएको पहिरोसहितको लेदोले ५० रोपनी जमिन बगर बनेको विस्थापित पदम कार्कीले बताए । पहिरोले खेतबारीमा लगाएको मकै, सिमी, कोदो र धान नष्ट गरेको छ ।
पहिरोकै कारण पुर्णगाउँमा रहेको बराहताल पूर्णरुपमा लेदोले पुरेको छ । त्यहाँ रहेका मन्दिरमा पनि क्षति पुगेको छ । यसैगरी मल्लाज हुँदै मालगाउँबाट म्याग्दीको नागी जाने सडकमा पूर्णरुपमा क्षति पु¥याएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार