बैतडीमा चितुवा आक्रमणबाट किशोरी घाइते
नेपालबहस संवाददाता
भदौ २१, २०८० बिहिबार १६:३७:५२
♦ नरेन्द्र विष्ट
२१ भदौ, काठमाडौ । चितुवाको आक्रमणबाट बैतडीमा एक किशोरी घाइते भएकी छन् । बिहिबार बिहान ११:५० बजेतिर चितुवाले आक्रमण गर्दा बैतडीको दुर्गम ठाउँ पन्चेश्वर गाउँपालिका वडा नम्बर ३ बगरेठीका जयराम लुहारकी अन्दाजी १७ वर्षीया छोरी पुजा लुहार घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
बिहीबार ११:५० बजेतिर घर नजिकैको रोल जङ्गलमा घाँस काटिरहेको बेला नरभंक्षी चितुवाले पुजालाई आक्रमण गरेको थियो । अहिले पुजा गम्भीर घाइते भइ बेहोस अवस्थामा रहेको बताइएको छ। चिच्याएको होहल्ला सुनेर गाउँलेहरूले थाहा पाएको थियो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रेम शाहीका अनुसार घाइते पुजालाई उद्धार गरि उपचारका लागि उनलाई मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लगेको प्रहरीले बताएको छ ।
त्ल्लोसोराडका अधिकांश बस्ती चितुवाबाट प्रभावित छन् । २०६८ साल यता एक दशकको अवधिमा यो क्षेत्रका २७ जनाको चितुवाको आक्रमणमा परी ज्यान गएको छ, भने जिल्लाभर हालसम्म चितुवाको आक्रमणबाट ३३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्जबाट काठमाडौं हिँडेको कन्टेनर चुरियामाई उकालोमा पल्टियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
मंसिर १३, २०८१ बिहिबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
एनपीएल खेल डिशहोम र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा लाइभ हेर्न पाइने
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार