बाजुरामा एक महिला घरभित्र मृत फेला, हत्या भएको आशंका
नेपालबहस संवाददाता
भदौ २१, २०८० बिहिबार १७:१३:५८
२१ भदौ, काठमाडौं । बाजुराको बुढीनन्दा नगरपालिका–१० पाण्डुसैनमा एक जना महिला आफ्नै घरभित्र मृत फेला परेकी छन् । बिहीबार पाण्डुसैनकी जयपुरा शाही आफ्नै घरमा मृत फेला परेकी हुन् ।
बुधबारदेखि घरबाहिर नदेखिएकी शाही उनको घरभित्र आज बिहान फेला परेकी हुन् । नदेखिएपछि शंका लागेर घरमा जाँदा छिमेकीले मृत अवस्थामा फेला पारेका थिए । त्यसपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । मृतक शाहीको घाँटीमा डोरीले बाँधिएर झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उनी श्रीमानले दोस्रो विवाह गरेपछि लामो समयदेखि माइती घरमा एक्लै बस्दै आएकी थिइन् । आफन्तले शाहीको हत्या भएको भन्दै प्रहरीलाई किटानी जाहेरी दिएका छन् ।
शवको पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युका कारण पत्ता लाग्ने प्रहरीको भनाइ छ । पोष्टमर्टम कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको छ । हत्यारा पत्ता लगाएर कारवाही गर्न स्थानीयले माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार