निजामती कर्मचारी विधेयककाे विराेधमा जीतपुरसिमराका कर्मचारीले बाँधे हातमा कालो पट्टी
नेपालबहस संवाददाता
भदौ २२, २०८० शुक्रबार ११:५३:३३
२२ भदौ? काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका कर्मचारीले शुक्रबार हातमा कालो पट्टी बाँधेर काम गरेका छन् । निजामती सेवा विधेयकमा स्थानीय तहका कर्मचारीलाई विभेद गरेको भन्दै उपमहानगरपालिकाका कर्मचारीले विरोधस्वरुप कालो पट्टी बाँधेर काम गरेका हुन् ।
शुक्रबार नै २०औं निजामती सेवा दिवस परेको छ । सरकारले काठमाडौंमा एक कार्यक्रम गरेर यस वर्षका लागि १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जना कर्मचारीलाई निजामती सेवाका लागि छनोट गरिसकेको छ । प्रधानमन्त्री प्रचण्डले आज एक विज्ञप्ति जारी गर्दै शुभकामना दिएका छन् । निजामती कर्मचारी दिवस मूल समारोहलाई सम्बोधन गर्दै उनले विधेयकमा निजामतीतर्फका ट्रेड युनियनसम्बन्धी पुरानै व्यवस्था र अधिकारलाई यथावत राखेको बताएका छन् ।
दिवसमै दिन स्थानीय तहका कर्मचारीहरुले भने विधेयकमा स्थानीय तहका कर्मचारीलाई निजामती सेवाको परिभाषामा नसमेटेको र सेवा सुविधा तथा वृद्धि विकासको ग्यारेन्टी नगरेको भन्दै विरोध जनाएका छनु । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका आज हातमा कालो पट्टी बाँधेर काममा खटिएका छन् ।
सरकारको मन्त्रिपरिषदको हिजो बसेको बैठकले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी विधेयक, २०८०’लाई संघीय संसदमा पेश गर्ने निर्णय गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार