सोह्र वर्ष पुगेकाले मात्र यार्सा गुम्बा संकलन गर्न पाइने प्रावधान ल्याइँदै
एक व्यक्तिलाई वर्षमा एकपटक ३० दिने इजाजत दिइने
नेपालबहस संवाददाता
भदौ २२, २०८० शुक्रबार १३:२८:३
२२ भदौ, काठमाडौं । बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलन गर्नकाे लागी उमेर हद तोक्ने तयारी भएको छ । वन तथा वातावरण मन्त्रालयले ल्याउने तयारी गरेको निर्देशिकामा यार्सागुम्बा संकलन गर्न १६ वर्ष उमेर पूरा भएको हुनुपर्ने र त्यस्ता नागरिकलाई मात्र अनुमति पत्र (इजाजत) दिने प्रावधान राख्ने प्रस्ताव गरिएको छ ।
मन्त्रालयले माली क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रमा यार्सा गुम्बा व्यवस्थापन (संकलन तथा ओसारपसार) निर्देशिका, २०८०’ ल्याउने तयारी गरेको छ । अहिले मस्यौदा बनाउने क्रम चलिरहेको बताइएको छ ।
मस्यौदा बमोजिम निर्देशिका जारी भएको खण्डमा यार्सा गुम्बा संकलनका लागि १६ वर्ष उमेर पूरा भएको हुनुपर्नेछ भने यसको ओसारपसार गर्न चाहने व्यक्ति, फर्म वा कम्पनीले रीतपूर्वक सम्बन्धित कार्यालयमा निवेदन दिनुपर्ने हुन्छ ।
प्राप्त निवेदनमाथि संरक्षक, प्रमुख वा परिषदको अध्यक्षले दफा ३ को उपदफा (२) बमोजिम प्राप्त संकलन इजाजतपत्रसँग भिडान गरी संकलनको गरेको परिमाण जाँची प्रचलित कानुन बमोजिम दस्तुर लिई सम्बन्धित व्यक्ति, फर्म वा कम्पनीलाई यार्सा गुम्बा ओसारपसार गर्न ३० दिने छोडपूर्जी दिन सक्नेछ ।
संकलन अवधि प्रत्येक वैशाखदेखि असार महिनाभित्र बढीमा ३० दिनको हुने भनिएको छ । संरक्षक, प्रमुख वा परिषदको अध्यक्षको अनुमतिले तोकिएको क्षेत्रमा बाहेक अन्यत्र टेण्ट वा पाल राख्न नपाइने व्यवस्था ल्याइँदैछ ।
संकलन क्षेत्रमा ४० माइक्रोनभन्दा कमको प्लाष्टिकजन्य वस्तु लैजान वा प्रयोग गर्न तथा तोकिएका बाहेक अन्य औजार लैजान पाइँदैन । जथाभाबी फोहोर फाल्न, आगो बाल्न र खाल्टो खन्न निषेध गरिनेछ । यार्सा गुम्बा लगायत हिमाली क्षेत्रका जडिबुटी संकलन तथा व्यवस्थित गर्ने उद्देश्यले निर्देशिका ल्याउन लागिएको मन्त्रालयको दाबी छ ।
डोल्पा, हुम्ला, मनाङ, जु्म्ला लगायत जिल्लाका उच्च हिमाली क्षेत्रमा पाइने यार्सा गुम्बा टिप्न जाने क्रममा स्थानीय बुढापाका, दुधेबालक बाेकेका महिला, केटाकेटी घर छाडेर २/३ महिनासम्मा पाटन (हिमाली पाखा)मा पाल टाँगेर बस्ने र वर्षेनि दर्जनौंको ज्यान गुमाउने क्रम नरोकिएपछि निर्देशिका ल्याएर व्यवस्थित गराउने तयारी गरिएको बताइन्छ ।यार्सा गुम्बा सरकारले प्रति केजी १२ लाख रूपैयाँ ताेकिएकाे छ । यसबाट सरकारले राश्व लिँदै आएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै, आवेदन आह्वान
बैशाख २२, २०८१ शनिबार
बिहीबारको मन्त्रिपरिषदले गर्यो ६ जना सचिवको सरुवा
बैशाख २१, २०८१ शुक्रबार
गृहका ७ उपसचिहरूको सरुवा, ६ जिल्लाका सहायक प्रजीअ फेरिए
बैशाख २१, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
आइपिएलमा आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै
बैशाख २२, २०८१ शनिबार
काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै, आवेदन आह्वान
बैशाख २२, २०८१ शनिबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार
राजनीति प्रभावित अर्थतन्त्र उकास्न अर्थमन्त्रीले कस्तो हिम्मत गर्ने होलान् ?
बैशाख २२, २०८१ शनिबार
ठेकी निर्माण गर्दै
बैशाख २२, २०८१ शनिबार
एमाले अनिर्णित हुँदा मुख्यमन्त्री सोडारी संकटमा, आज पनि विश्वासको मत लिने तयारी
बैशाख २२, २०८१ शनिबार