निजामती विधेयकलाई कर्मचारीमैत्री बनाउन कर्मचारी युनियनको माग, संशाेधन नगरिए सिंहदरबारभित्रै आन्दोलन गर्ने चेतावनी
नेपालबहस संवाददाता
भदौ २२, २०८० शुक्रबार १३:५१:१५
२२ भदौ, काठमाडौं । निजामती कर्मचारी युनियनले सरकारले ल्याउन लागेको निजामती सेवा सम्बन्धी विधेयकलाई कर्मचारीमैत्री बनाउनमा माग गरेका छन् ।
शुक्रबार सिंहदरबारमा २०औं निजामती सेवा दिवसको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै निजामती कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष उत्तमकुमार कटुवालले संघीय निजामती ऐन कर्मचारीमैत्री नआए सिंहदरबारभित्रै आन्दोलन गर्ने चेतावनी दिए ।
उनले सरकार संसदमा पेस गर्ने तयारी गरेको विधेयकमा संघ, प्रदेश, स्थानीय तीन तहमै फराकिलो वृद्धि विकासलगायत पक्ष नसमेटिएको बताए । प्रधानमन्त्री, सामान्य प्रशासनमन्त्री र मुख्यसचिव समेत सहभागी रहेको कार्यक्रममा कटुवालले संघीय निजामती सेवा विधेयकमा त्रुटीपूर्ण बुँदाहरु संशोधन गरेर यदि निजामती मैत्री ऐन नआए सिंहदरवारभित्रैबाट आन्दोलन सुरु हुने चेतावनी दिए ।
सरकारले शुक्रबार २०औं निजामती सेवा दिवस मनाएको छ । संघीय निजामती ऐन नबन्दा संघ, प्रदेश र स्थानीय तहबीच कर्मचारी सरुवा, बढुवा, पदास्थपन, दरबन्दी सृजना तथा व्यवस्थापनमा समस्या पर्दै आइरहेको छ । ऐनको माग गर्दै कर्मचारीहरुले पटकपटक सरकारविरुद्ध आन्दोलन समेत गर्दै आएका छन् ।
हिजो बिहीबार मात्र मन्त्रिपरिषद बैठकबाट विधेयकलाई ससदमा बैठकमा दफावार छलफलपछि पारितका लागि पारित भएको छ । आज आयोजित कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले विधेयक छिट्टै संसदमा पेस हुने र पारित भएर लागू हुने आश्वसन दिएकी छन् ।
विधेयकमा आफूहरुको माग समेटिएको, स्थानीय तहका कर्मचारीलाई संघीय निजामतीको परिभाषामा नराखिएको र वृद्धि विकास लगायत विषय नपरेको भन्दै बाराको जितपुरसिमरा उपमहानगरपालिकाका कर्मचारीहरुले हातमा कालो पट्टी बाँधेर काम गरेका छन् । विधेयकका त्रुटिपूर्ण बुँदाहरु सच्याउन माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार