सुदूरपश्चिमका एक प्रदेशसभा सदस्यसहित ५ जनप्रतिनिधिको पद रिक्त
उपचुनावकाे तयारीमा निर्वाचन आयोग
नेपालबहस संवाददाता
भदौ २२, २०८० शुक्रबार १४:३४:१५
२२ भदौ, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा एक प्रदेशसभा सदस्यसहित ५ स्थानमा जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगका अनुसार प्रदेशसभा सदस्य बझाङ १ (क)बाट निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गएको असार ५ मा गाडी दुर्घटनामा परी निधन भएको थियो ।
जिल्ला समन्वय समिति (जिजस) कैलालीका प्रमुख पदमबहादुर कलेलको निधनपछि पद रिक्त रहेको छ । डोटीको पूर्वाचौकी गाउँपालिका वडा नम्बर ६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको पनि निधनपछि पद रिक्त छ ।
यस्तै बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष सर्जन बोहराको निधनपछि पद रिक्त छ। उता दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष मनोरथ भट्टको पनि निधनपछि पद रिक्त छ ।
आयोगका अनुसार देशभरका विभिन्न १८ जिल्लामा सिंहको प्रदेशसभा सदस्य समेत स्थानीय तहका गरेर २१ जनप्रतिनिधिको पद रिक्त रहेको छ । त्यसमा थप बिहीबार बिहान निधन भएका काठमाडौं महानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष मुकुन्द रिजालको निधनपछि थप एक पद रिक्त हुन पुगेको छ ।
रिक्त स्थानमा उपचुनाव गर्ने तयारीमा लागेको जनाइएको छ । संविधानले सबै तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष तोकेको छ । कार्यकार्यकाल ६ महिनासम्म बाँकी रहेको अवस्थामा रिक्त पदमा उपचुनावबाट पद पूर्ति गर्नुपर्ने व्यवस्था छ ।
यस्तै प्रदेशतर्फ एक प्रदेशसभा सदस्य र संघीय संसदतर्फ ३ सांसद निलम्बनमा छन् । उनीहरु भ्रष्टाचार र हत्या आरोपमा मुद्दा पूर्पपक्षका लागि कारागार थुनामा छन् । मुद्दाको अन्तिम टुंगो लागेर दोषी ठहर भएको खण्डमा मात्र उनीहरुको पद रिक्त हुने जानेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
सुदूरपश्चिममा ३ सय ९७ जुवाडे पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार