स्थानीय तहको ६० प्रतिशत रकम निक्षेपमा गणना गर्न दिइने
नेपालबहस संवाददाता
भदौ २२, २०८० शुक्रबार १७:५७:३८
२२ भदौ? काठमाडौं । आउँदो आइतबारदेखि स्थानीय तहको पैसालाई बैंकमा निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरिएको छ । अर्थ मन्त्रालयको स्वीकृतिमा नेपाल राष्ट्र बैंकले आइतबारदेखि स्थानीय तहमा जाने पैसालाई बैंकहरुले निक्षेपको रूपमा गणना गर्न पाउने भएको हो ।
बैंकहरुले गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म स्थानीय तहको ८० प्रतिशत रकमलाई निक्षेपको रूपमा गणना गर्दै आएका थिए । सो व्यवस्था चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिले खारेज गरेसँगै बैंकहरु तनावमा थिए । अब स्थानीय तहको ६० प्रतिशत रकम निक्षेप राख्न पाइनेछ । यसअनुसार कुनै बैंकमा १ करोड रुपैयाँ स्थानीय तहको पैसा भएमा ६० लाख रुपैयाँ मात्रै निक्षेप गणना हुनेछ ।
नयाँ व्यवस्थाले सरकारी स्वामित्वको वाणिज्य बैंकहरुलाई हुने भएको छ । स्थानीय तहले राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंक लिमिटेडमार्फत कारोबार गर्दै आइरहेको छ । निक्षेपका आधारमा कर्जा समेत प्रवाह गर्न पाउने भएपछि यी बैंकहरुलाई थप सुविधा मिल्ने भएको छ ।
स्थानीयको तहको रकमलाई निक्षेपमा गणना गर्न पाउनुपर्ने माग वाणिज्य बैंकहरुले निरन्तर रुपमा राख्दै आइरहेको थियो । त्यसमा अर्थ मत्रालयले केही सर्त राखेर राष्ट्र बैंकलाई पत्र लेखेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिद्धार्थ बैंकको पुस २८ गते एजीएम बस्दै
पुष २४, २०८१ बुधबार
लक्ष्मी सनराइज बैंकको 'एजीएम' आज
पुष २४, २०८१ बुधबार
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार वृक्षारोपण गरिने
पुष २३, २०८१ मंगलबार
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
पुष २४, २०८१ बुधबार
२०२४ मा १० हजार पर्यटकले गरे मनास्लु क्षेत्रको भ्रमण
पुष २४, २०८१ बुधबार
सहकारी ठगीमा मुछिएकी लेखा समिति सभापति पोखरेलकी पन्ती कोइराला अदालतमा हाजिर
पुष २४, २०८१ बुधबार
बजार खुल्नासाथ नेप्सेमा १ करोड ३६ लाखमाथिको शेयर कारोबार
पुष २४, २०८१ बुधबार
सिद्धार्थ बैंकको पुस २८ गते एजीएम बस्दै
पुष २४, २०८१ बुधबार
५० बर्ष अघि बनेको बलिउडको पहिलो 'एडल्ट फिल्म' हंस्ते आँसु !
पुष २४, २०८१ बुधबार