नेतृत्वका लागि कांग्रेसमा यसरी बन्दैछ नयाँ समीकरण
केदार भट्टराई (काका)
भदौ २२, २०८० शुक्रबार १८:१:३
२२ भदौ, काठमाडौं । बीपी पुत्र डा.शशांक कोइरालाले सभापति शेरबहादुर देउवाको समूहबाट सभापतिमा उम्मेदवारी दिने कुरा बाहिर ल्याएपछि १५ औँ महाधिवेशनमा कांग्रेसभित्र कस्तो समीकरण बन्छ भन्ने चर्चा सुरु भएको छ । बीपी पुत्र भएर पनि शशांकले बाटो विराइसकेपछि शेखर मात्रै कोइराला विरासत फर्काउने अभियानका एक्ला उम्मेदवार हुन भन्ने कुरामा कांग्रेसभित्र भ्रम पनि रहेन ।
पार्टी नेतृत्वबाट विदा लिने तयारीमा रहेका सभापति शेरबहादुर देउवाले पत्नी आरजु देउवा राणाको भविष्य सुनिश्चत गर्न शेखर विरुद्ध शशांकको कार्ड फालेपछि अब कांग्रेसमा उत्तराधिकारी बहसको पाटो पनि प्रष्ट भएर आएको छ । १५ औँ महाधिवेशनमा शेखर कोइराला सभापतिका पक्का उम्मेदवार हुन । सभापति बन्न कांग्रेसभित्र चाहिने नेताहरूको उचाई र अन्तर्राष्ट्रिय छवि वा विश्वास गर्ने आधार हेर्दा पनि यही देखाउँछ । तर, राजनीति हो र समय पनि बाँकी छ ।
शेखरविरुद्ध शशांक सभापतिको उम्मेदवार भइरहँदा देउवा पक्षमा बसेर सभापतिको आकांक्षा गरिरहेका नेताहरूको रोल अब के हुन्छ भन्ने विषयले यो सभापतिको राजनीतिमा एउटा भूमिका खेल्नेछ । सभापति देउवाले आफ्नो गुटमा रहेका उपसभापति पूर्णबहादुर खड्का लगायतका नेताहरु भन्दा आफूपछि पत्नी आरजुलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता देखाइसकेका छन् । आरजुलाई नेतृत्वमा पुग्ने गरी काम गर्न दिने खालको खोजीमा देउवा छन् । यसका लागि पूर्णबहादुर खड्का, विमलेन्द्र निधि लगायतको सिनियर नेताभन्दा प्रकाशशरण महतलाई पनि अगाडि बढाउन सक्ने सम्भावना अझै छ ।
बिमलेन्द्र निधि र प्रकाशमान सिंह यसअघि पनि सभापतिमा उठिसकेका छन् । पूर्ण बहादुर खड्का भन्दा रमेश लेखक, एपी साउद धेरै तल छन् । आरजुका लागि खड्का अमिल्दा उम्मेदवार हुन । प्रकाशशरण महतको उचाइ अझै धेरै नेताभन्दा तल छ । यो स्थितिमा शशांक देउवाका लागि उपयुक्त पात्र अहिलेलाई देखिएका छन् । कोइरालाको लिगेसी देखाउन पनि सकिने र पत्नी आरजुलाई पनि शशांक भए नेतृत्वमा आउन सजिलो हुने अनुमान देउवाको छ । आरजुलाई पछाडि राखेर खड्कालाई अगाडि बढाउने एउटा विकल्प पनि देउवासँग छ । तर, यो भरपर्दो छैन ।
सभापतिका लागि देउवाले साथ दिने आसमा अर्का नेता कृष्णपप्रसाद सिटौला पनि छन् । सिटौलालाई अगाडि सार्दा पनि आरजु सुरक्षित हुने अवस्था रहँदैन । यसकारण अहिले नै शशांकलाई बोल्न लगाएर देउवाले १५ महाधिवेशनको मोटामोटी बाटो ल्कियर देखाएका छन् । संस्थापन इतर समूहमा विवाद छैन । शेखर एक्लै उम्मेदवार हुन् । सभापतिका लागि यही चित्र आगामी महाधिवेशनमा देख्न सकिन्छ । शेखर पछि महामन्त्री गगन थापाले पालो कुरिरहेकै छन् । तर, देउवाले शशांकलाई उम्मेदवार बनाउँदैछन् भन्ने कुराले कांग्रेसभित्रको गुटबन्दीमा भने निकै ठूलो फेर बदलको परिस्थिति बनिरहेको छ ।
आगामी महाधिवेशनमा सिटौला समूह कता जाला र कति प्रभाव पार्ला भन्ने एउटा पक्ष, अहिले देउवा समूहमा रहेका बिमलेन्द्र निधि, प्रकाशमान सिंहका समूह अब कता लाग्लान भन्ने पनि छ । यी समूहको प्रभाव उनका पछि लाग्ने दोस्रो तहका नेताहरूको अवस्थाले पनि भर पर्छ । तर, कांग्रेसमा अझै लामो भविष्य रहेका नेताहरू र सभापतिकै दावेदार बन्नसक्ने पूर्ण बहादुरलगायतका नेताहरूले भने सोच्ने बेला आइएको छ र हेर्ने बेला आएको छ कि शशांक कोइराला देखिएको आरजुका टिम उनीहरूका लागि कति सहज बन्न सक्छ ।
नेताहरूको भनाइमा आगामी महाधिवेशनमा देउवाले आरजुको सुरक्षाका लागि शशांकलाई नै उम्मेदवार बनाउने सम्भावनालाई लिए र देउवा समूहका केही प्रभावशाली नेताहरू शेखर कोइरालासँग सम्बन्ध बढाउने पक्षमा देखिएका छन् । अहिले शेखरलाई नेता बनाएर महाधिवेशनमा जाने युवा नेताहरूको समूह निकै बलियो छ । महामन्त्री गगन थापा खुलेरै लागेपनि अर्का महामन्त्री विश्वप्रकाश शर्मा खुलेका छैनन् । शर्मा र प्रदीप पौडेल लगायतका नेताहरू शेखरको पक्षमा खुल्ने तयारीमा छन् ।
महाधिवेशनसम्म पुग्दा शेखरलाई सभापति बनाउने पक्षमा शर्मा, पौडेल र डा. मिनेन्द्र रिजाल आइपुग्दा यो पक्ष बलियो देखिने छ । तर, पदाधिकारीमा उम्मेदवार बन्ने समयमा कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता अहिले देखिनै छ । अहिलेका महामन्त्री फेरी दोहोरिने वा नदोहोरिने भन्ने कुराले पनि प्रभाव पार्छ । अहिले देखिएको मार्गचित्र कायम रहे उपसभापति खड्काले सभापतिमा उम्मेदवारी दिनेछन् । पहिलो चरणमा उनी सभापतिमा लड्ने र दोस्रो चरणमा शेखरलाई सघाएर यो समूहमा छिर्ने उनको तयारी छ ।
देउवा समूहकै मोहन बहादुर बस्नेत, रामहरी खतिवडा, डा. डिला संग्रोला लगायतका तेस्रो तहका नेताहरू पनि छन् । उनीहरूले पनि गुट अदल बदलमा प्रभाव पार्छन । देउवा समूहका हृदयराम थानी, रमेश लेखक, एनपी साउद र प्रकाशशरण महत शशांक सभापतिको उम्मेदवार बनेपनि उतै रहने सम्भावना छ । कांग्रेस र राष्ट्रिय राजनीतिमा लामो समय नेतृत्व गरेको कोइराला परिवारमा तीन जना मात्रै छ । शशांक र सुजाताले गएको महाधिवेशनमै देउवालाई साथ दिएका थिए ।
चुनाव जितेर संसद छिरेका कोइराला दाजुभाइमध्ये विरासत फर्काउनुपर्ने चुनौतीमा शेखर मात्रै छन् । विगतमा कोइराला परिवारबाट मातृकाप्रसाद, बीपी र गिरिजाप्रसादले पार्टी मात्रै होइन, प्रधानमन्त्रीसमेत भएर देशको नेतृत्व गरे । सुशील कोइरालाले पनि पार्टी र देशको नेतृत्व गरे । त्यसपछि भने नेतृत्वमा कोइराला परिवारको उदय हुन सकेको छैन । अहिले शेखर मात्र बाबुहरूले बनाएको विरासत जोगाउन राष्ट्रिय राजनीतिको नेतृत्वमा पुग्ने प्रयासमा देखिन्छन् ।
पार्टीको महामन्त्री रहिसकेका शशांक र पार्टीभित्र प्रतिपक्षी धारको नेतृत्वमा रहेका शेखरबीच अहिले को सच्चा कोइराला भन्ने प्रश्न पनि छ । १४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई सहयोग पुग्ने गरी शशांकले खेलेको भूमिकाले शेखरलाई चोट परेको थियो । तर, केन्द्रीय सदस्यबाट सिधै सभापतिमा भिडेका शेखरले पराजित भएर पनि पार्टीमा प्रभावशाली नेताको छवि बनाएका छन् ।
चौंथोपटक संसदीय यात्रामा रहेका बीपी पुत्र शशांक उमेरका हिसाबले शेखरका भाइ हुन् । तेस्रो पटक संसद प्रवेश गरेका शेखर बीपीका भाइ केशव कोइरालाले छोरा हुन् । अहिले शेखरले कांग्रेसमा जुन उचाइ लिए, त्यो देखेर पनि कांग्रेसभित्र शशांकको भन्दा शेखरको उचाइ माथि छ । कांग्रेसमा पुस्तान्तरणका लागि पनि देउवापछि शेखरको नेतृत्व बढी स्वीकार्य छ । शेखरले पनि त्यस्तो संकेत गरेका छन् । उनले सभापति देउवाइत्तर पक्षलाई एकीकृत गर्ने प्रयास राखेकै छन् । शशांकले गुट परिवर्तन गर्दा गएको निर्वाचनमा पनि शेखरलाई घाटा भएको थियो । तर, त्यो परिवेश र अहिलेको परिवेश बदलिएको छ । देउवाले शशांकलाई नै उठाएपनि शेखरलाई खास असर पर्ने देखिँदैन । प्रश्न देउवा समूहका नेतालाई व्यवस्थापन गर्ने सन्दर्भमा देखिन सक्छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाद्वारा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन
माघ २, २०८१ बुधबार
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
ङादी ग्रुप पावरकाे हकप्रद सेयर बिक्री खुला
माघ २, २०८१ बुधबार