नेयमारले तोडे पेलेको गोल कीर्तिमान
नेपालबहस संवाददाता
भदौ २४, २०८० आइतबार १३:५५:२३
२४ भदौ, काठमाडौं । फुटबलका महान खेलाडी ब्राजिलियन पेलेको सर्वाधिक गोलकर्ताको कीर्तिमान नेयमारले तोडेका छन् । नेयमार बा्रजिलकै हुन् ।
शनिबार ब्राजिलले बोलिभियालाई ५–१ ले हराउँदा नेयमारले दुई गोल गर्दै पेलेको कीर्तिमान तोडेका हुन् । ब्रजिलका लागि १२५ औं खेल खेलेका नेयमारले पहिलो हाफमा पेनाल्टी मिस गरेका थिए । तर दोस्रो हाफमा दुई गोल गरे । योसँगै उनले पेलेको ७७ गोलको रेकर्ड तोडे । ब्राजिलका लागि नेयमारले गरेको अन्तर्राष्ट्रिय गोल संख्या ७९ पुगेको छ ।
पेलेको रेकर्डलाई जित्छु भन्ने कहिल्यै नसोचेको बताउँदै सामाजिक संजालमा लेखेका छन्, ‘म पेले वा राष्ट्रिय टिमका अरु खेलाडी भन्दा राम्रो होइन ।’ पेलेको गत डिसेम्बरमा ८२ वर्षको उमेरमा निधन भएको थियो । उनले १९५७ देखि १९७१ को अवधिमा ९२ खेल खेल्दै ब्राजिलका लागि ७७ गोल गरेका थिए ।
नेयमार क्लब स्तलमा हाल साउदी प्रो लिग टिम अल हिलालमा आवद्ध भएर खेलिरहेका छन् । उनी विश्वका महंगा ५ खेलाडीको सूचीमा पर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजाभीलाई बर्खास्त गर्ने तयारीमा बार्सिलोना !
जेठ ५, २०८१ शनिबार
अस्ट्रेलियाले एएफसी महिला एसियाली कपको आयोजना गर्ने
जेठ ३, २०८१ बिहिबार
भारतीय फुटबलर सुनिल क्षेत्रीले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा
जेठ ५, २०८१ शनिबार
बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार