विभिन्न स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ
नेपालबहस संवाददाता
भदौ २४, २०८० आइतबार १६:११:२
२४ भदौ, काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ९ ग्राम ४ सय २० मिलिग्रामसहित सोही नगरपालिका-३ मोतिपुर बस्ने २५ वर्षीय हरिश रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र ०३ ००१ प ०४५६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक हरिशलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बेलौरी नगरपालिका-८ कलकत्ता बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४७ ग्राम ८५ मिलिग्रामसहित सोही नगरपालिका-१० शिवनगर बस्ने २६ वर्षीय हिक्मत हमाललाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद रुपमा हिँडिरहेका उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका-२ वालुवाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर ७ सय ३० मिलिग्रामसहित सोही नगरपालिका-१ बस्ने २१ वर्षीय सन्जीव चौधरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट शान्तिनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
झापाको मेचीनगर नगरपालिका-१० खयरडाँगी शान्ति चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने १९ वर्षीय अशोक नेम्वाङ र सोही नगरपालिका-१० खयरडाँगी बस्ने ३० वर्षीया दिपा चौधरी रहेका छन् ।
लागूऔषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले अशोकलाई २ सय मिलिग्राम उक्त पदार्थ तथा नगद ४ हजार रूपैयाँसहित र दीपालाई १ ग्राम ५ सय ५० मिलिग्राम उक्त पदार्थ तथा ३ हजार रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, मनहरी गाउँपालिका-९ रजैयाबाट अवैध लागूऔषध गाँजा करिब ५० केजीसहित कैलाश गाउँपालिका-१ जल्की बस्ने ३५ वर्षीय गणेश थापालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले सडक छेउमा रोकी राखेको बा.६ च १८४७ नम्बरको कारलाई जाँच गर्दा उक्त गाँजासहित फेला पारी कार चालक थापालाई पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार