बीपीको चिन्ता र चिन्तन वर्तमान कांग्रेस नेतृत्वले बुझ्न नसक्नु दु:खद
यज्ञप्रसाद भट्टराई
भदौ २४, २०८० आइतबार १६:४१:१३
२४ भदौ, काठमाडौं । नेपाली कांग्रेस सुनसरीले भातृ तथा शुभेच्छु संस्थाहरूको सहकार्यमा सुनसरीका विभिन्न क्षेत्रहरूमा बीपी साहित्य महोत्सव मनाइरहेका समाचारहरू आइरहेका छन् । आजदेखि ३ दिनसम्म सञ्चालन हुने बीपी साहित्य महोत्सवको पहिलो दिन आज भाद्र २४ गते सुनसरीले रामधुनी नगरपालिका र इटहरी उपमहानगरपालिकामा फरक-फरक कार्यक्रम गरि महामानव बिश्वेश्वरप्रसाद कोइरालालाई संझिएका छन् । ११० ओै बीपी जयन्तीका अवसरमा नेपाली कांग्रेसले देशका ७७ वटै जिल्लामा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै महामानव विश्वेश्वरप्रसाद कोइरालाको जन्मजयन्ती मनाई रहेको छ ।
यसै शिलसिलामा नेपाली कांग्रेसको भातृसंस्था नेपाल किसान महासंघ सुनसरी जिल्ला तदर्थ समितिले रामधुनी नगर पालिका वार्ड नं. ५ मा रहेको शिवमन्दिरमा नेपाल किसान महासंघ रामधुनी नगर समितिका अध्यक्ष शुरेस भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्व. महामानव विश्वेश्वरप्रसाद कोइरालाको संझनामा विभिन्न जातका १०० भन्दा बढी बिरुवाहरू रोपिएको नेपाल किसान महासंघ कोशी प्रदेश तदर्थ समितिका सदस्यद्वय गोपाल दाहाल तथा गणेश गौतमले नेपालबहस डटकमलाई बताए ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस कोशी प्रदेश समिति सदस्य तगा नेपाल किसान महासंघका केन्द्रीय सदस्य केशव भट्टराईले बीपी एक असल राजनीतिज्ञका साथै सफल साहित्यकार समेत रहेको बताएका थिए । बीपी कोइरालाको चिन्ता र चिन्तन परिवारवादमा नभइ आम नेपाली जनताको उन्नती र प्रगतिमा रहेको बताउँदै नेता केशव भट्टराईले वर्तमान कांग्रेस नेतृत्वले बीपीको बिचार बेचेर व्यक्तिगत फाइदामा रमाउनु दु:खद रहेको बताए ।
रामधुनी नगर पालिकामा सम्पन्न कार्यक्रममा नेपाल किसान महासंघ कोशी प्रदेशका उपाध्यक्ष तथा रामधुनी उद्योग बाणिज्य संघका अध्यक्ष नवीन कुमार चौधरी, महासंघका सुनसरी जिल्ला सचिव गेहेन्द्रचन्द्र ढुंगाना, महासंघ जिल्ला कोषाध्यक्ष सृजना भट्टराई, जिल्ला सदस्य शिव कार्की लगायतको उपस्थिति रहेको बताइएको छ ।
त्यसैगरी, नेपाली कांग्रेस सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं. २(क) को आयोजनामा आजै इटहरी उपमहानगरपालिका वार्ड नं. ४ स्थित दुर्गा पार्टी प्यालेसमा आयोजित एक अर्को कार्यक्रम सम्पन्न गरिएको सुनसरी कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा संघीय सभासद कल्पना चौधरीको प्रमुख आतिथ्यतामा इटहरीमा सम्पन्न कार्यक्रममा सुनसरी जिल्लाका विभिन्न कलेजका १२ जना विद्यार्थी भाईबहिनिहरुले बीपी कोइरालाको बहुआयामिक प्रतिभाका विषयमा बक्तित्वकला कार्यक्रम मार्फत बीपलाई स्मरण गरेका थिए ।
नेपाली कांग्रेस कोशी प्रदेश सदस्य केशव भट्टराई, नेपाली कांग्रेस सुनसरी जिल्ला सभापति केदार भण्डारी, पुर्व यातायात राज्यमन्त्री सिताराम मेहता, संविधानसभा सदस्य नबोदिता चौधरी लगायतका नेताहरू बिशिष्ठ अतिथि रहेको उक्त बक्तित्वकला कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष विकास के.सी., नेपाल महिला संघकी केन्द्रीय सदस्य गिता श्रेष्ठ लगायत इटहरी कांग्रेसका नेता तथा कार्यकर्ताहरूसहित भातृ तथा शुभेच्छुक संस्थाका कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपकोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
चिसो बढ्दै गएपछि सोलुखुम्बुमा आगो ताप्ने व्यवस्था
पुष १५, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
इजरायलका २४ बन्दी रिहा गर्न हमास तयार
पुष २२, २०८१ सोमबार
आज सुन चाँदीको मुल्य स्थिर
पुष २२, २०८१ सोमबार
अमेरिकामा १० बर्षकै ठुलो हिमपात, ७ राज्यमा उच्च सतर्कता
पुष २२, २०८१ सोमबार
बजार खुल्नासाथ नेप्सेमा ७ करोड ३३ लाखको कारोबार
पुष २२, २०८१ सोमबार
बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानको आकर्षण बढ्दो
पुष २२, २०८१ सोमबार