सुदूरपश्चिम प्रदेशको नाम र राजधानीबारे फेरि बहस !
नेपालबहस संवाददाता
भदौ २४, २०८० आइतबार १६:४६:१३
♦ नरेन्द्र बिष्ट
२४ भदौ, काठमाडौं । सुदूरपश्चिम प्रदेशको नाम र राजधानीको विषयमा फेरि बहस हुन् थालेको छ । पहिलो प्रदेश सभाको दुई तिहाइ बहुमतबाट कैलालीको गोदावरी नगरपालिका ४ तेघरीको जंगल क्षेत्रमा प्रदेश राजधानी बनाउने निर्णय गरेको ५ वर्षपछि फेरि प्रदेशको राजधानी नयाँ ठाउँमा सार्ने विषयमा बहस चुलिएको हो।
तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले २०७९ वैशाख २७ गते डडेल्धुरामा चुनावी सभालाई सम्वोधन गर्दै प्रदेश राजधानी डडेल्धुरामा सार्न सकिने बताएका थिए। फेरि त्यसकै डेढ वर्षपछि प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले डडेलधुरा पुगेर प्रदेश राजधानी सार्न सकिने अभिव्यक्ति दिए ।
पछिल्लो समय राजधानीकै विषयले फेरि चर्चा पाएको छ। गत बुधबार मुख्यमन्त्री शाहले डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा राजधानी तोकिएको कैलालीको गोदावरी नगरपालिका ४ तेघरी जंगल क्षेत्रमा वनको विवादका कारण संरचना बनाउन नसकिएकाले राजधानी सार्न सकिने बताएका थिए । मुख्यमन्त्री शाहले आवश्यकता भए प्रदेश राजधानी र नामसमेत परिवर्तन गर्न सकिने समेत बताए।
मुख्यमन्त्री शाहले यस विषयले प्रदेश सभाभित्र प्रवेश नपाए पनि आवश्यकता अनुसार राजधानीका विषयमा छलफल सुरु हुनसक्ने बताएका छन्। उनले राजधानी कहाँ सार्ने भन्ने विषयमा भने केही बताएका छैनन् । कांग्रेस सभापति देउवाकै गृहजिल्ला पुगेर मुख्यमन्त्री शाहले राजधानी सार्ने अभिव्यक्ति दिएपछि प्रदेश राजधानी सार्ने गृहकार्य सुरु भएको बताइएको छ ।
कांग्रेस सभापति देउवाको गृहजिल्लाबाट आगामी निर्वाचनमा उनकी पत्नी कांग्रेस केन्द्रीय सदस्य आरजु देउवा निर्वाचन लड्ने तयारी स्वरूप प्रदेश राजधानी डडेल्धुरा सार्ने गृहकार्य भइरहेको मुख्यमन्त्री निकट एक सांसदले बताए। ती सांसदले भने, ‘कैलाली क्षेत्र नं ५ बाट एक पटक पराजित भएपछि डा.आरजु देउवा डडेलधुरालाई निर्वाचन क्षेत्र बनाउने तयारीमा छिन्।’
निर्वाचनताका सभापति देउवाले दिएको आश्वासन पनि सम्वोधन हुने र आगामी निर्वाचन लड्न पनि सजिलो हुने भएकाले राजधानी सार्ने गृहकार्य हुन लागेको उनले दाबी गरेका छन्। गत निर्वाचनमा डडेल्धुरामा प्रदेश राजधानी प्रमुख चुनावी मुद्दा बनेको थियो। तत्कालीन प्रधानमन्त्री देउवाले भनेका थिए, ‘कांग्रेसलाई जिताउनुहोस् राजधानी डडेल्धुरा सार्ने कुरा धेरै ठूलो विषय होइन।’
प्रदेश सभामा गठबन्धन दलहरुसँग दुईतिहाइ बहुमत पनि छ। सत्ता पक्षको अर्को ठूलो दल माओवादीका संसदीय दलका नेता पनि डडेल्धुराबाटै निर्वाचित खगराज भट्ट छन्। राजधानी डडेल्धुरा सार्ने विषयमा माओवादी पनि सकारात्मक रहेको कतिपयको बुझाई छ । अहिले सो विषयले चर्चा पाए सङ्गै समाजिक संजालमा पनि यसको बहस र टिप्पणी सुरु भएको छ । कतिपयले भने प्रदेश नै खारेज गर्नुपर्ने माग समेत गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार