बर्दिया कारागारबाट भागेका कैदीबन्दीकाे खोजी गर्न रेड कर्नर नोटिसकाे तयारी
नेपालबहस संवाददाता
भदौ २४, २०८० आइतबार १७:३:३९
२४ भदौ, काठमाडौं । बर्दिया सदरमुकाम कारागारबाट भागेका ‘भाइ नाइके’ समेत रहेका कैदीबन्दी ३० वर्षीय अजित बुढा क्षेत्रीविरूद्ध प्रहरीले इन्टरपोलबाट रेड कर्नर नोटिस जारी गर्ने तयारी गरेको छ ।
क्षेत्री यही भदौ १७ गते राति २ बजे अन्य कैदीहरु निदाएको मौका पारेर उनी पर्खाल नाघेर फरार भएका थिए । तालिम प्राप्त कुकुरसमेत परिचालन गरेर खोजी गर्दासमेत क्षेत्रीलाई प्रहरीले पक्राउ गर्न सकेनन् । उनी छिमेकीको हत्या घटनामा कर्तव्य ज्यान कसुरमा जिल्ला अदालतबाट दोषी ठहर भई ३० वर्ष जेल सजाय काटिरहेका थिए । २०७२ फागुन ५ गते बेलुकी छिमेकी ५९ वर्षीय छिमेकी जोरासिंह थापालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको १९ वर्ष ११ महिना ६ दिन कैद तोकिएको थियो । त्यसमा पक्राउ पदार् प्रहरीलाई झुक्याएर भागेका थिए । पहिलोपटक फरार हुँदा लामो समय भारत बसेर नेपाल फकँदा २०७९ कार्तिक ११ मा पक्राउ गरी जेल जेलमा राख्दै आएका थिए ।
अदालतले भागेको कसुरमा डेढी सजाय थपिन गइ भागेको समेत जोडेर अदालतले ३० वर्ष कैद सजायको फैसला सुनाएको थियो । अजितविरूद्ध औपचारिक रूपमा इन्टरपोलबाट रेडकर्नर नोटिस जारी गर्ने प्रक्रिया थालेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । जेलर र फरार घटनाका बेला ड्युटीमा खटिएका ४ प्रहरीलाई कारबाहीको तयारी भएको पनि जनाइएको छ ।
प्रहरीले अजितको हुलिया र तस्बीर समेत प्रहरीले तयार पारेको छ । उनको दाहिने हातको नाडी नजिक सानो पेस्तोलको ट्याटु र दाहिने छातीको माथिल्लो भागदेखि कुमसम्म डमरूको ट्याटु रहेको, अन्दाजी ५ फिट ७ इन्चका उचाइ भएको र हिन्दी लबजमा नेपाली बोल्ने गरेको विवरण सार्वजनिक गरिएको छ । कैदी अजित नेपाल–भारत सीमा क्षेत्रको जंगलमा लुकेको आशंकामा कुकुरसहित भारतीय प्रहरीसँगकाे समन्वयमा खाेजी गर्ने क्रममा रोज नामक तालिमप्राप्त कुकुर समेत मरिसकेको प्रहरीले जनाएकाे छ ।
भागेपछि अनुसन्धान गर्न सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालको संयोजकत्वमा जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी हिक्मतबहादुर बोहोरा, प्रहरी वरिष्ठ नायब निरीक्षक प्रदीप कार्की, जिल्ला प्रशासनका प्रशासनिक अधिकृत लोकप्रसाद ढकाल र अनुसन्धान विभागका अधिकृत सम्मिलित छानबिन समिति समेत गठन गरिएकाे थियाे । समितिले जेलर कारागार प्रमुख सन्ताेष विक र अन्य चार प्रहरीलाइ कारवाहीकाे सिफारिस गरेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार