कारागारबाट भागेका कैदीबन्दी खाेज्न तालिम प्राप्त कुकुरसहित २०० सुरक्षाकर्मी परिचालन
नेपालबहस संवाददाता
भदौ १९, २०८० मंगलबार १३:३१:२२
१९ भदौ, काठमाडौं । शनिबार राति बर्दिया कारागारबाट पर्खाल नाघेर भागेका कारागारका भाइ नाइके समेत रहेका कैदीबन्दी ३० वर्षीय अजित बुढा क्षेत्री अझै पक्राउ पर्न सकेका छैनन् । खोजीमा तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको छ । अहिले खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी २ सयभन्दा बढी संख्यामा प्रहरी परिचालन गरिएको छ ।
संभावित सीमा नाका, गौडा र क्षेत्रमा कडा निगरानीसाथ क्षेत्रीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले बताए । राति ३ बजेतिर अन्य कैदी निद्रामा परेको मौका पारी १६ फिट अग्लो पर्खाल नाघेर भागेका थिए ।
फरार क्षेत्र २०७१ चैतमा ठाकुरबाबा नगरपालिका–८ का ७९ वर्षीय छिमेकी जोरासिंह थापाको हत्या गरेको गरेको अभियोगमा जिल्ला अदालतबाट दोषी ठहर ३० वर्षको सजाय काटिरहेका थिए ।
उनी सुरुमा पक्राउ पर्दा जिल्ला अदालत लैजाने क्रममा प्रहरीलाई झुक्याएर हत्कडीसहित भागेका थिए । लामो समय भारतमा लुकेर बसी नेपाल आएका बेला उनी ११ महिना पहिलो पक्राउ परेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार