सानेपा साहित्य महोत्सवमा बीपीसँग सेल्फी खिच्नेको भीड
नेपालबहस संवाददाता
भदौ २५, २०८० सोमबार १८:८:३०
२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरेको बीपी साहित्य सम्मेलन अन्तर्गत सोमबार दोश्रो दिन पनि विभिन्न सत्रमा बहस भएकाे छ । बीपी साहित्य सम्मेलनकाे दाेस्राे दिन पनि आगन्तुकहरुकाे उपस्थिति उल्लेख्य नै रह्यो । महोत्सवको दोस्रो दिन ‘वीर गणेशमान’ चलचित्र प्रस्तुत गरियो ।
महोत्सव सुरु भएदेखि नै पार्टी कार्यालयको प्रांगाढामा आगन्तुकको उपस्थिति बाक्लाे छ । बीपी साहित्य सम्मेलनका मिडिया संयोजन इन्द्र रिजालका अनुसार बिहानैदेखि कांग्रेसीजन र निम्तालु आउने क्रम सुरु भएको थियो ।
गणेशमाानको चलचित्रपछि सानेपामा आयोजित बीपी साहित्य महोत्सवमा ‘बीपीले नपाएका १५ वर्ष’ शीर्षकमा सोमबार दिउँसो एक घन्टा मन्थन भयो । महामन्त्री गगन थापाले सहजीकरण गरेको छलफलका वक्ता थिए– हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले र मञ्चला झा । बीपी कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री हुन् । उनी २०१५ मा प्रधानमन्त्री भएका थिए । तर २०१७ पुस १ मा तत्कालीन राजा महेन्द्र शाहले ’कू’ गरेपछि उनी पदमुक्त भए । त्यसका समय बीपी निर्वासन र जेलमा रहेका थिए । यही विषयमा विज्ञले मन्थन गरे ।
बीपीले पूर्ण कार्यकाल प्रधानमन्त्री चलाउन पाएनन् । उनले करिब १८ महिना शासन गरे । त्यसबेला केही विकासका कामकाज पनि सुरू भएका थिए । काम गर्ने हुटहुटी भएका बीपीले त्यसबेला १५ वर्ष सरकारमा रहेर काम गर्न पाएको भए नेपालको अवस्था अहिलेकोभन्दा फरक हुन्थ्यो कि उस्तै रहन्थ्यो ? यसबारे गगनले यो सेसनमा हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले र मञ्चला झासँग मनचन गरे ।
सो क्रममा वक्ताले देशमा बैकल्पीक शक्ति आएपनि अहिले पनि आस्था र विश्वासको केन्द्रविन्दु कांग्रेस भएको बताए । व्यवस्था फेरीसकेको भएपनि पार्टी र देशको अवस्था नफेरिएको उनीहरुले भनाइ राखे । मुलुकको व्यवस्थालाई लगन र निष्टासहित कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । बिभिन्न प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनाएर स्थीरता दिन सक्ने सुभाव पनि उनीहरुको थियो ।
यसैगरी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, प्रदीप ज्ञवाली र डा. नारायण खड्का लगाएतको उपस्थीतिमा ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी’ विषयमा छलफल भयो । बीपी कोइरालाको ११० औं जन्मोत्सवको अवसरमा कांग्रेस केन्द्रीय कार्यालय बीपी नगर सानेपा ललितपुरमा तीनदिने महोत्सव आयोजना गरिएको हो । यो सेसन पत्रकार सुधिर शर्माले चलाएका थिए ।
महोत्सवको बीचबीचमा सांगितिक कार्यक्रम पनि मिसाइएकाे थियाे । महोत्सवको आकर्षण भने बीपीसँग सेल्फी खिच्नेको थियो । महोत्सवको पहिलो गेट अगाडी नै सेल्फी प्वाइन्ट भनेर कुर्चीमा बसेका बीपीको चीत्र राखिएको छ । त्यसमा आगन्तुकहरुले बीपीसँग अन्तरर्वार्ता लिए जसरी सेल्फी खिच्नेको भीडभाड लागेको थियो । त्यहाँ पुगेका सबैले सेल्फी खिचेका छन् ।
गेटबाट भित्र पसेपछि पहिले कांग्रेसको लागो अंकित टिसर्ट र कलमहरू राखिएका छन् । यी बिक्रीमा राखिएका हुन् । एउटा टिसर्ट किन्नेले लोगो भने फ्रिमा पाउँछ । नजिकै बीपीसहित विभिन्न साहित्यकारले लेखेका पुस्तकहरू राखिएको छ । पुस्तकप्रति अभिरुची हुनेहरुको त्यहाँ पनि भिड नै छ । पुस्तक किन्ने भन्दा हेर्नेहरुको बढी भीड देखिन्थ्यो ।
महोत्सव स्थलमा २००७ सालको क्रान्तिमा प्रयोग गरिएको तोप राखिएको छ । यो तोप पनि फोटो प्रेमीका लागि आकर्षक छ । तोपसँग फोटो खिच्ने र भिडियो बनाउनेहरु पनि बाक्लै देखिन्थे । दायाँपटि माथिल्लो भागमा २००७ सालमा हाइज्यक गरिएको जहाज पनि राखिएको छ । यसप्रति पनि मानिसको भिड नै लागेको थियो ।
सुरुमै गेटबाट भित्र प्रवेश गर्दा सुरक्षाकर्मीको चेकजाँच हुन्छ । भित्र छिरेपछि पहिलो लहरै राखिएका पुस्तिकामा नाम लेखाइन्छ र भित्र प्रवेश हुन्छ । प्रवेश मार्गको दाँयाबाँया भित्तामा बीपीसँग सम्बन्धित फाेटाहरु भित्ताको परैसम्मको लाइनमा राखिएको छ । यी दुवै लहरमा राखिएका फोटामाथि पनि अवलोकन गर्नेहरु प्रशस्तै भेटिन्छन् ।
कार्यक्रमको सेनस अनुसार विभिन्न व्यक्तिहरूलाई जिम्मा दिएको छ । आफूले पाएको जिम्मेवारी अनुसार स्वयम सेवकहरुले व्यवस्था मिलाउने गरेका छ । प्रेस सेन्टर छुट्टै बनाइएको छ । वक्ता बस्ने स्थल र आगन्तुक बस्ने कुसीहरु मिलाएर राखिएका छन् । छतमा बाँधेर उडाइइको ठूलो आकारको बेलुन पनि त्यहाँ पुग्नेका लागि आकर्षण भएको छ ।
पुरानै ठाँउमा क्यान्टिन छ । विभिन्न विधामा खटिएका स्वयम सेवकहरुको लागि खाना र नास्ताको व्यवस्था छ । कुपन सिस्टमबाट खाना र खाजाको व्यवस्था मिलाइएको छ । आगन्तुकहरुले पनि पैसा तिरेर खान पाउँछन् । बीपी महोत्सवको दोस्रो दिन सेल्फी खिच्ने र वरपरको अवलोकन गर्ने भन्दा वक्ताहरूले बीपीका विषयमा राखेका धारणाहरू चाख मानेर सुन्नेहरू पनि प्रशस्तै भेटिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान
भदौ ३१, २०८१ सोमबार
गृहमन्त्री लेखकसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट
भदौ ३१, २०८१ सोमबार
लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल
भदौ ३१, २०८१ सोमबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेलाई दोषी किटान गर्दै प्रतिवेदन बुझाइँदै
भदौ ३१, २०८१ सोमबार
ट्रम्पमाथि फेरी हमलाको प्रयास
भदौ ३१, २०८१ सोमबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
भदौ ३१, २०८१ सोमबार
भारतको सहयोगमा निर्मित महेन्द्र शान्ति माध्यमिक विद्यालय भवनको उद्घाटन
भदौ ३१, २०८१ सोमबार
कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् पदबाट राजीनामा
भदौ ३१, २०८१ सोमबार
सातौं बेलबारी अन्तराष्ट्रिय गोल्डकप हुँदै
भदौ ३१, २०८१ सोमबार
कास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ
भदौ ३१, २०८१ सोमबार
तथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिलको दिर्नेशन
भदौ ३१, २०८१ सोमबार
कोशी प्रदेश सरकारले संविधान दिवस–२०८१ तीन दिन मनाउने
भदौ ३१, २०८१ सोमबार