त्रिभुवन विमानस्थलबाट मलद्वारमा लुकाएर ‘सुन तस्करी’ गर्ने गिराेहका ३ जना पक्राउ
नेपालबहस संवाददाता
भदौ २६, २०८० मंगलबार १७:३८:३४
२६ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गरेको आरोपमा प्रहरीले एक युवकसहित ३ जनालाई पक्राउ गरेको छ । सोमबार दुबईबाट हिमालयन एइलाइन्समार्फत आएका काभ्रेका २८ वर्षीय बाबुलाल दोङलाई सुनसहित जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले पक्राउ गरेको हो ।
तामाङले मलद्वारमा लुकाएर एक केजी सुन ल्याएको अवस्थामा पक्राउ गरिएको दाबी छ । तामाङ पक्राउपछि गरिएको अनुसन्धानका क्रममा काभ्रेकै रोशीका ३३ वर्षीय जगत लामा र ३६ वर्षीय मिङ्मा दोर्जे स्याङ्तानलाई पनि पक्राउ गरिएको छ ।
यसअघि सोही विमानस्थल भएर गत पुष १० मा विद्युतीय चुरोट (भेप) बनाएर ९ केजी र गएको साउन २ मा गाडी र मोटरसाइकलको ब्रेकशु बनाएर ६० केजी सुन तस्करी भएको थियो ।
दुवै घटनामाथि अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ । ब्रेकशु मार्फत भएको तस्करीमा ३० जना पक्राउ परेका छन् । भेपमार्फत तस्करीमा एक जना पक्राउ र एक जनालाई तारेखमा राखेर बयान लिइएको छ । तस्करीको चुरो पत्ता लगाउन सीआईबीले हङकङ, भारतमा टोली पठाएर अनुसन्धान जारी राखेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
महिला यु–१९ विश्वकपको बन्द प्रशिक्षणका लागि टोली चितवनमा
पुष ९, २०८१ मंगलबार
धनगढीमा ‘नवौं बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ सुरु
पुष ९, २०८१ मंगलबार
फाल्गुनन्द गोल्डकप: न्यू स्टारमाथि गोल वर्षा
पुष ९, २०८१ मंगलबार
संघीयता कार्यान्वयनका निम्ति तीनवटै तहबीच सहयोग, समन्वय र सहकार्यमा जोड
पुष ९, २०८१ मंगलबार
बाँसको झ्याङमा हातखुट्टा बाँधिएको अवस्था भेटिएकी महिलाको स्वास्थ्यमा सुधार
पुष ९, २०८१ मंगलबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार