भौतिक पूर्वाधार मन्त्रालयका ९ जना सहसचिवको सरुवा
नेपालबहस संवाददाता
भदौ २७, २०८० बुधबार १६:३३:१५
२७ भदौ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सिभिल समूह र हाइ–वे उपसमूहका ९ जना सहसचिवहरुको सरुवा गरेको छ । जसअनुसार सडक विभागको पुल महाशखामा कार्यरत उपमहानिर्देशक नरेशमान शाक्यलाई सडक विभाग अन्तर्गतकै गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा सरुवा गरिएको छ । केन्द्रका निर्देशक अजयकुमार मुललाई हुलाकी राजमार्ग आयोजना निर्देशनालयमा पठाइएको छ ।
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय इटहरीका प्रमुख प्रेमप्रकाश खत्रीलाई सडक विभाग अन्तर्गतको उत्तर–दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजनाको प्रमुख बनाइएको छ । आयोजनाको प्रमुख रहेका श्यामबहादुर खड्कालाई संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतमा सरुवा गरिएको छ ।
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय कार्यालयको पोखराका प्रमुख ललिजन खनाललाई सडक विभागको पुल महाशाखामा उपमहानिर्देशकमा ल्याइएको छ । पुष्पलाल मध्यपाहडी लोकमार्ग आयोजना निर्देशनालयका प्रमुख हरिकुमार पोखरेललाई सडक विभागको पुलतर्फ काज फिर्ता गरिएको छ । पोखरेललाई बलात्कार आरोप लागेको छ ।
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयकै सुर्खेतका प्रमुख विनोदकुमार मौवारलाई संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकमा सरुवा गरिएको छ । सोही कार्यालयको पोखराका प्रमुखमा हुलाकी राजमार्ग आयोजना निर्देशनालयका प्रमुख शुभराज न्यौपानेलाई पठाइएको छ । सडक विभागको पुल आयोजनाका उपमहानिर्देशक कुवेर नेपालीलाई पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयमा पठाइएको छ ।
यस्तै, यातायात व्यवस्था विभागमा पनि नयाँ महानिर्देशकमा उद्ववप्रसाद रिजाललाई पठाइएको छ । महानिर्देशक पद डेढ महिनादेखि रिक्त थियो । एकीकृत समाजावदीको भागमा परेको मन्त्रालयको जिम्मेवारी प्रकाश ज्लालाले सम्हालिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै, आवेदन आह्वान
बैशाख २२, २०८१ शनिबार
बिहीबारको मन्त्रिपरिषदले गर्यो ६ जना सचिवको सरुवा
बैशाख २१, २०८१ शुक्रबार
गृहका ७ उपसचिहरूको सरुवा, ६ जिल्लाका सहायक प्रजीअ फेरिए
बैशाख २१, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै, आवेदन आह्वान
बैशाख २२, २०८१ शनिबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार
राजनीति प्रभावित अर्थतन्त्र उकास्न अर्थमन्त्रीले कस्तो हिम्मत गर्ने होलान् ?
बैशाख २२, २०८१ शनिबार
ठेकी निर्माण गर्दै
बैशाख २२, २०८१ शनिबार
एमाले अनिर्णित हुँदा मुख्यमन्त्री सोडारी संकटमा, आज पनि विश्वासको मत लिने तयारी
बैशाख २२, २०८१ शनिबार
अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै सरकार
बैशाख २२, २०८१ शनिबार