किसान महासंघ मोरङले विभिन्न कार्यक्रम गरि सम्झियो बीपीलाई
यज्ञप्रसाद भट्टराई
भदौ २७, २०८० बुधबार १७:३६:३
२७ भदौ, मोरङ । नेपाल किसान महासंघ मोरङ जिल्ला तदर्थ समितिले बीपी साहित्य कार्यक्रम विभिन्न कार्यक्रमका साथमा मनाएको छ । महासंघका मोरङ जिल्ला अध्यक्ष वसन्त हुमागाँईको अध्यक्षता र अगुवाईमा जिल्लाका विभिन्न स्थानमा बीपी कोइरालाको बहु आयामिक प्रतिभा र किसानका पक्षमा कोइरालाको दृष्टिकोणका विषयमा किसान नेताहरूका साथमा अन्तर क्रियात्मक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको महासंघका मोरङ जिल्लाका सचिव तिर्थबहादुर कार्कीले बताए ।
यसै क्रममा आज नेपाल किसान महासंघ मोरङ क्षेत्र नं ४ को विस्तार गर्ने क्रममा नेपाली कांग्रेस जिल्ला पार्टी कार्यलय मोरङका क्षेत्रीय अध्यक्ष हरिनारायण चौधरीको अध्यक्षतामा बसी महामानव विश्वेश्वरप्रसाद कोइराला र नेपाली किसानका बिषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन सम्पन्न गरेकाे छ ।
उक्त कार्यक्रमको प्रमुख अथितीका रुपमा नेपाली कांग्रेस कोशी प्रदेश समिति सदस्य तथा नेपाल किसान महासंघ मोरङ जिल्लाका सल्लाहकार समति संयोजक समेत रहेका नेता संजय भट्टराई त्यसै गरी वरिष्ठ अथिती कोसी प्रदेश सदस्य सुर्यनारायण चौधरी मोरङ् किसान महासंघ को अध्यक्ष बसन्त हुमागाई लगायत नेपाल किसान महासंघ मोरङ जिल्लाका सचिवद्वय तिर्थ कार्की हजारी लाल चौधरी सह-सचीव कबिराज कुँवरको उपस्थित रहेको थियो ।
नेपाल किसान महासंघका केन्द्रीय सदस्य किसान नेता केशब भट्टराईको सकृयताले कोशी प्रदेशमा नेपाल किसान महासंघ चम्किएको छ । संगठन बिस्तार सँगै किसानका समस्या समाधान गर्नेतर्फ लम्किएको छ । वास्तवमै कोशी प्रदेशमा नेपाली कांग्रेसले भन्दा बढी गतिविधिहरू नेपाल किसान महासंघले गरिरहेको देखिएको छ । यसले सिङ्गो नेपाली कांग्रेसको संगठनलाई नै फाईदा पुर्याइरहेको देखिन्छ ।
यसै सिलसिलामा नेपाल किसान महासंघ मोरङ जिल्ला क्षेत्र नं। ४ को क्षेत्रीय समिती विस्तार गरिएको छ । हरिनारायण माझी अध्यक्ष रहेको उक्त क्षेत्रीय समितिमा सुरेन्द्र देव र डम्बर कार्की उपाध्यक्ष साथै उपेन्द्र बहादुर बस्नेत र बाबुराम चौधरीद्वय सचिव रहेको नेपाल किसान महासंघ मोरङका अध्यक्ष वसन्त हुमागाईले बताएका छन् ।
अध्यक्ष हुमागाईका अनुसार क्षेत्रीय समितिका सदस्यहरूमा मदन शाह, नारायण सरदार, श्यामबती माझी र नकुल सरदार रहेका छन् । बाँकी रहेका पदाधिकारी तथा सदस्यहरु निकट भविष्यमै मनोनयन गरिसक्ने मोरङ जिल्ला अध्यक्ष हुमागाँले बताएका छन् ।
नेपाल किसान महासंघ मोरङ जिल्ला क्षेत्र नं। ४ को नेतृत्वमा मनोनित हुने सम्पूर्ण किसान नेताहरूलाई जिल्ला अध्यक्ष हुमागाईले मनोनयनपत्र सहित सफल कार्यकाल को शुभकामना व्यक्त गरेका थिए ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपबुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
बैशाख २०, २०८१ बिहिबार
संकल्प प्रस्ताव गलत भए अदालत जान कोशीका मुख्यमन्त्री कार्कीलाई सत्ता पक्षको चेतावनी
बैशाख २०, २०८१ बिहिबार
नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की
बैशाख १९, २०८१ बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
चिम्टीका अग्निपीडितलाई राहत
बैशाख २२, २०८१ शनिबार
गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
बैशाख २२, २०८१ शनिबार
आइपिएलमा आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै
बैशाख २२, २०८१ शनिबार
काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै, आवेदन आह्वान
बैशाख २२, २०८१ शनिबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार
राजनीति प्रभावित अर्थतन्त्र उकास्न अर्थमन्त्रीले कस्तो हिम्मत गर्ने होलान् ?
बैशाख २२, २०८१ शनिबार