सुन तस्करी प्रकरण : लगानीकर्ता विनाको प्रतिवेदनमा नेताहरुलाई हाइसञ्चो
नेपालबहस संवाददाता
भदौ २८, २०८० बिहिबार ८:०:३४
२७ भदौ, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ‘ब्रेक सु’ लगायत माध्यमबाट पछिल्लो समय ३६२ किलो सुन तस्करी भएको दाबी गरेको भएपनि त्यो सुनमा कसको लगानी थियो भनेर खुलाउन सकेको छैन । सीआईबीले गरेको अनुसन्धानले सुन तस्करीमा ५० जनाको संलग्नता देखाएर प्रतिवेदन बुझाउँदा तस्करीको सुनमा लगानी खुलाउन नसकेको हो ।
सीआईबीले बुधबार पत्रकार सम्मेलन गरी सुन तस्करी प्रकरणमा ५० जना संलग्न रहेकामा २७ नेपाली र २३ जना विदेशी रहेको जानकारी दिएको हो । ६० किलो सुन तस्करी प्रकरणमा ९ विदेशी र २३ नेपाली गरी ३२ जना पक्राउ परेका छन् । १४ विदेशी र ४ नेपाली फरार छन् । सीआईबीले बुधबार नै सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन बुझाएको छ । तीन अर्ब रूपैयाँभन्दा बढीको बिगो दाबीको मागसहित सुन तस्करी प्रकरणमा संलग्नहरूमाथि मुद्दा चलाउन सिफारिस गरिएको सीआईबीले जनाएको छ ।
सीआईबीले सातवटा ऐनका दफाअनुसारको कसुरमा मुद्दा चलाउन राय दिएको छ । भन्सार ऐन, संगठित अपराध निवारण ऐन, नेपाल राष्ट्र बैंक ऐन, मुलुकी अपराधसंहिता, नेपाल नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐनअनुसारको कसुरमा कारबाही गर्न सीआइबीले राय दिएको हो ।
सुन तस्करीको प्रकरण अनुसन्धानलाई जारी राख्दै मुद्दा चलाउने गरी राय दिइएको सीआईबीले जनाएको छ । त्यसै गरी सुन तस्करीमा सातवटा कम्पनी स्थापना गरिएको र त्यसबारेमा अनुसन्धान जारी रहेको सीआईबीले जानकारी दिएको छ । गत साउन २ मा राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलस्थित त्रिभुवन विमानस्थल भन्सार कार्यालय परिसरबाहिर स्कुटरको ब्रेक प्याड १६० सेटसहित ८ कार्टुन बरामद गरेको थियो । बरामद भएको उक्त ब्रेक प्याडमा अवैध सुन भएको पुष्टि भएको थियो ।
सरकारी वकिल कार्यालयले आइतबार उनीहरूलाई मुद्धा दायर गर्नेगरी काम गर्न थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा फरार रहेका ४ जनालाई मात्रै फरार प्रतिवादी कायम गर्न केन्द्रीय अनुसन्धान ब्युरोले सरकारी वकिललाई राय दिएको स्रोतको दावी छ । चीनको सिचुवान प्रान्त घर भएका लोरुङ गोम्बो, बाराका भोला सराफ, व्यवसायी जीवन चलाउने र रोल्पा घर भएकी अमला रोकालाई फरार प्रतिवादी कायम गरिएको छ । चिनियाँ लोरुङ गोम्बो तिब्बतीयन मूलका बेल्जियन नागरिक दावा छिरिङका भाइ नाता पर्छन् । अमला रोका दावाकी पत्नी हुन् । ब्युरोले बुधबार पत्रकार सम्मेलन गरेर १८ जना फरार भएको जानकारी दिएको थियो । तर, ४ जना बाहेक अन्य आरोपितको ठेगाना नखुलेको हुनाले प्रतिवादी कायम गर्न नसकिएको सीआईबी स्रोतले जनाएको छ ।
सीआईबीले पक्राउ गरिएका र फरारसहित २९ जनालाई प्रतिवादी बनाउन जिल्ला सरकारी वकिल कार्यालयलाई राय दिएको छ । थुनामा भएका २५ जनालाई प्रतिवादी कायम गर्न रायसहितको अनुसन्धान प्रतिवेदन आएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधीवक्ता जनक घिमिरेले बताए । उनका अनुसार सीआईबीका अधिकारीले जिल्ला सरकारी वकिलको कार्यालय बबरमहल पुगेर ३१४ पृष्ठको अनुसन्धान प्रतिवेदन बुझाएको छन् । त्यसमा सरकारी वकिल कार्यालयले अध्ययन गरिरहेको छ ।
रेडिट्रेड प्रालिबाट आयात गरिएको ब्रेकप्याडहरूमा लुकाई छिपाई अवैध रुपमा जम्मा बरामद ६०.७१६ किलो र सुन निकाली पुन प्याकिङ गरिएको अवस्थामा बरामद भई आएको ब्रेकप्याडहरूको तौलबाट यकिन गरिएको ३०२.०६२ गरी जम्मा ३६२.७७८ किलोग्राम सुनको ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ बराबर मुल्यको सुन अवैध पैठारी भएको सीआईबीको अनुसन्धानमा देखिएको छ । अवैध ससुन पठारी गर्न खडा गरिएका ५ वटा कम्पनीहरू मार्फत ल्याइएको सुनको लागि थप अनुसन्धान जारी राखिएको सीआईबीले जनाएको छ । यस प्रकरणमा संलग्न ५ जना विदेशी नागरिकहरूले झुठा विवरण पेस गरी नेपाली नारिकता तथा राहदानी समेत लिएको पुष्टि भएको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन ।
विदेशी नागरिकहरुले अन्तरदेशीय आपराधिक संगठित सञ्जाल खडा गरी क्रिप्टो करेन्सी, डिजिटल वालेटहरु अलीपे, एन्टपे, ग्लोबपे, विनपेबाट सुनको भुक्तानी र विदेशी मुद्राको अवैध कारोबार समेत गरेको पत्तो लगाएको सीआईबीले नेपाल राष्ट्र बैंकको सहयोगमा अनुसन्धान जारी राखेको जनाएको छ ।
सुन तस्करीका लागि लेखनाथ कार्की डोली सञ्चालक रहेको बाँसबारीको छुङगक इलेक्ट्रिक सप्लायर्स, रामकुमार भुजेलको चाबहिलस्थित भुजेल इलेक्ट्रिक सप्लायर्स प्रालि, सामाखुसीस्थित कुमारबहादुर भुजेलको ह्वाडा इलेक्ट्रिक सप्लायर्स, बाँसबारीकै रामबहादुर भुजेलको पवाटी इलेक्ट्रिक सप्लायर्स प्रालि, लाजिम्पाट हात्तिगौंढडास्तित विकुन्द्र भुजेलको दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालि, दिलिप भुजेलको बालुवाटारस्थित रेडी ट्रेड प्रालि, बुढानिलकण्ठस्थित सरिता तामाङको सरिता सप्लायर्स सुन तस्करीमा खडा गरिएका थिए ।
टोखा नगरपालिका–२ र काठमाडौं–२ मा सुन गाल्ने स्थान पत्ता लगाएको सीआईबीले १० वटा मेसिनबाट सुन गालिने गरेको पनि अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छ । विमानस्थल भन्सार कार्यालयका ८ कर्मचारी, ४ भन्सार एजेन्ट, ३ कार्गो एजेन्ट, एक ट्याक्सी चालक, १ भाषा अनुवादक र कोठा खोज्ने व्यक्ति, २ जना कम्पनी खडा गरी मालबस्तु व्यवस्थापन गर्ने, ११ जना सुनको कारोबारमा संलग्नलाई पक्राउ गरी मुद्दा चलाइएको छ । सीआईबीले दावाले तस्कर समूहका नेपाली कारिन्दालाई व्यवस्थापन गर्ने जिम्मा लिएको जनाएको छ । सुन प्रकरणको अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाका अनुसार, दावाले एलेक्स भनिने याओ पुचेङसँग मिलेर सुन तस्करीको समूहको नेपालमा व्यवस्थापन गरेका थिए । ‘एलेक्स भन्ने याओ पोचुङले भनेअनुसार नै उनले समूहका सदस्यहरूलाई चाहिने कोठा र घर भाडामा लिने काम गरेको पनि पाइएको थियो ।
साउनमा राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर सुनसहित १५५ किलो ब्रेक प्याड बरामद गरेको थियो । त्यसबेला भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सी चालक अशोक लामा पक्राउ परेका थिए । अर्को दिन रेडी ट्रडका सञ्चालक दिलिप भुजेल, उनका मामा रामकुमार भुजेल, हर्कराज राई, तिब्बती मुलका भारतीय नागरिक थाप्तेन छिरिङ लगायत पक्राउ परेका थिए । विभागले १९ दिनसम्म अनुसन्धान गरेर यसमा संगठित अपराध पनि आकर्षित हुने भन्दै थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मा लगाएको थियो । सीआईबीले बरामद सुन जोख्न पठाउँदा ६० किलो सुन मात्र ब्रेक प्याडमा रहेको पाइएको थियो ।
प्रकरणमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङको माओवादी केन्द्रका नेताहरूसँग सम्बन्ध देखिएको थियो । रोल्पाकी माओवादी नेतृ अमला रोकाका श्रीमान् दावाले त्यो सम्बन्धको दुरुपयोग गरेर गैरकानूनी गतिविधि गरिरहेको खुलेको छ । तर अमलाबाहेक अन्यलाई प्रतिवादी बनाइएको छैन । दावाले नेपालमा बसेर अनलाइन जुवा, अवैध कल सेन्टर लगायतका गतिविधि गरिरहेको पाइएको छ । उच्च राजनीतिक नेतृत्व र प्रहरी प्रशासनसँग सम्बन्ध भएका कारण उनी यसअघि जोगिँदै आएका थिए । ७ पुस २०७६ मा सीआईबीले नेपालमा बसेर आपराधिक क्रियाकलापमा संलग्न चिनियाँ नागरिकको समूहविरुद्ध अपरेशन चलाएको थियो ।
उपत्यकाका विभिन्न ठाउँका एकसाथ अपरेशन चलाएर १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको थियो । नेपालस्थित चिनियाँ दूतावाससँगको समन्वयमा चलाइएको अपरेशनमा दावा लामा पनि खोजी सूचीमा थिए । प्रहरी तत्कालीन प्रहरी नेतृत्वसँग निकट सम्बन्ध भएका कारण उनी जोेगिएका थिए । त्यसबेला माओवादी नेता वर्षमान पुन, तत्कालीन उपरराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ लगायतसँग उनले खिचाएको फोटो सार्वजनिक भएको थियो । अहिले उनी भने प्रतिवादी भएका छन् भने माओवादीको नेतृत्वलाई भने प्रतिवादी बनाइएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्लाको आदेश सदर गर्दै उच्च अदालतले भन्यो, बेचन झालाई थुनामै राख्नु
पुष १, २०८१ सोमबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार
पाकिस्तानमा प्रमाणपत्र प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य
पुष ८, २०८१ सोमबार
कहिले बन्छ महिनावारी विभेदको पर्खाल भत्काउने कानुन ?
पुष ८, २०८१ सोमबार