एनआरएनए सचिवमा अमेरिकाबाट राम सी पोखरेलको उम्मेदवारी
नेपालबहस संवाददाता
भदौ २८, २०८० बिहिबार १२:९:२९
२८ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय सचिवमा अमेरिकाबाट राम सी पोखरेलले उम्मेदवारी घोषणा गरेका छन ।
आगामी अक्टोबरमा हुने संघको एघारौं महाधिवेशनमा सचिवमा उम्मेदवारी घोषणा गरेको पोखरेलले बताए । पोखरेल अहिले संघको अमेरिकाज क्षेत्रीय संयोजक रहेका छन ।
पोखरेल सन २००८ देखि एनआरएनए अभियानमा निरन्तर सक्रिय रहेका अभियन्ता हुन । सन २०१५–१७ कार्यकालमा उनी एनसीसी अमेरिकाको उपाध्यक्ष भएर काम गरेका थिए । सन २०१७–१९ कार्यकालमा उनी अध्यक्षको प्रत्यासी थिए । सन २०१९–२१ कार्यकालमा उनी अमेरिका क्षेत्रीय उपसंयोजक भएर काम गरे ।
संघलाई नजिकबाट बुझेका पोखरेल इमान्दार र अनुभवी अभियन्ताका रुपमा परिचित छन । हालसम्म प्राप्त अनुभव दक्षता तथा योग्यतालाई एनआरएनए अभियानमा अझ सशक्त ढंगले प्रयोग गर्ने इच्छा पोखरेलको रहेको छ । संघलाई थप पारदर्शी, वैज्ञानिक र प्रभावकारी ढंगले चलाउन आफ्नो सचिवमा उम्मेदवारी रहेको उनको भनाई छ ।
नेपाली समाज टेक्ससको अध्यक्षलगाएत विभिन्न संघ संस्थामा जिम्मेवारी पद लिएर काम गरेको अनुभव पोखरेलसँग रहेको छ । पोखरेल नेपाल बाहिर खुलेका नेपालीहरूको पहिलो लायन्स डल्लास एभरेष्ट लायन्स क्लबका संस्थापक तथा पूर्व अध्यक्ष समेत हुन ।
अर्घाखाँची जिल्लामा जन्मिएका पोखरेल २६ वर्षअघि अमेरिका पुगेका थिए । परिवारसहित टेक्ससमा बस्दै आएका उनी सफल व्यवसायी र समाजसेवी पनि हुन । पोखरेलले पेट्रोल पम्प, रियल स्टेट, तथा कानुन व्यवसायमा बर्षौदेखी ब्यावसाय गरिरहेका छन ।
पोखरेलले आफू यस अभियानमा केही दिनको लागी आएकाले आफूलाई समर्थन र सहयोग गर्न विश्वमा रहेका गैरआवासीय नेपालीहरुलाई अनुरोध गरेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
आईसीसीसीले क्यानडा समिट २०२५ आयोजना गर्ने
पुष १८, २०८१ बिहिबार
राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा अमेरिका कार्यक्रम
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
प्रि-ओपन सेसनमा नेप्से १६.५८ अंकले बढ्यो
पुष २८, २०८१ आइतबार
जनउत्थान सामुदायिक लघुवित्तले यसपटक पनि लाभांश वितरण नगर्ने
पुष २८, २०८१ आइतबार
सुनको भाउ तोलामा १६ सयले बढ्यो, कतिमा हुँदै छ किनबेच ?
पुष २८, २०८१ आइतबार
साल्ट ट्रेडिङ कर्पोरेसनको १० प्रतिशत नगद लाभांश घोषणा
पुष २८, २०८१ आइतबार
एक अर्कालाइ छुँदा किन करेन्ट लाग्छ ? जान्नुहोस्
पुष २८, २०८१ आइतबार
पूर्वीचितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए
पुष २८, २०८१ आइतबार