मकवानपुरमा डाक्टरमाथि कुटपिट घटनामा आमा-छोरीसहित ४ जना पक्राउ
नेपालबहस संवाददाता
भदौ २८, २०८० बिहिबार १४:२९:३२
२८ भदौ, काठमाडौं । मकवानपुरको हेटाैंडा उपमहानगरपालिका–१ स्थित सञ्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरी कारवाही अगाडि बढाएको छ ।
डेंगु संक्रमणको कारण करिब ४० दिन अघि भएका हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका श्रीमती, छोरी र आफन्तले बुधबार बिहान १० बजेतिर उपमहानगरपालिका–२ स्थित अस्पताल पुगेर कुटपिट गरेका थिए । कुटपिट घटना सीसीटिभी फुटेजमा रेकर्ड भएका आधारमा पहिचान गरी पक्राउ गरिएको हो । कुटपिटबाट डा. विडारीको आँखा र अनुहारमा चोट लागेको छ । डा थापाको गाला र अनुहार चोट लागेर सुनिएको छ ।
पक्राउ पर्नेहरुमा मृतककी श्रीमती रमा प्रधान र छोरी रमिता, प्रधान छोरा रोहित, भतिजा अनुप रहेका छन् । २ चिकित्सकलाइ कार्यकक्षबाट तानेर बाहिर ल्याई करिब ८/९ जनाले कुटपिट गरेकाे सीसीटिभी फुटेजमा देखिन्छ ।
चिकित्सकको लापरवाहीले डेंगीका बिरामी रहेका राजेशको ज्यान गएको भन्दै मृतकका परिवार र आफन्त आक्रोशित बनेका हुन् । राजेशलाई अस्पतालकै सिफारिसमा चित लगेर उपचार गराउने क्रममा साउन २३ मा मृत्यु भएको थियो ।
चिकित्सकमाथि कुटपिट भएपछि अस्पतालले आकस्मिक बाहेक ओपीडीलगायत सेवाहरु बन्द गरिएको छ । सबै स्वासथ्यकमीृ सुरक्षाको माग गर्दै सिडीओकहाँ पुगेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुरातात्विक स्थलको संरक्षण राज्यको दायित्व’
पुष २९, २०८१ सोमबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार