भारतीय सेनाका कर्णेलले गरे देहरादुनमा तनहुँकी युवतीको हत्या
नेपालबहस संवाददाता
भदौ २८, २०८० बिहिबार १६:१५:२२
२८ भदौ, काठमाडौं । भारतको देहरानुमा तनहुँकी युवती श्रेया शर्माको हत्या भएको छ । हत्यामा संलग्नताको आधारमा भारतीय सेनाका ४२ वर्षीय लेफ्टिनेन्ट कर्णेल रामेन्दु उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ ।
तनहुँको भानु नगरपालिका,६ चोक चिसापानी श्रेया शर्मा नामले चिनिने ३० वर्षीया सुमित्रा घर्तीलाई आइतबार बिहानै देहरादुनस्थथित प्रहरी कार्यालय सडक क्षेत्रसँगैको सिलवारगढको किनानरको नालामा मृत अवस्थामा भेटिएकी थिइन् । घटनाको अनुसन्धानका क्रममा कर्णेल उपाध्याय पक्राउ परेका हुन् । उनलाई अदालले अनुसन्धानका लागि १४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
दोषी पत्ता नलाग्दा शव पोष्टमार्टम गर्न कठिन भइरहेका बेला उपाध्यायले युवतीको हत्या आफूले गरेको बयान प्रहरीलाई दिएका छन् । उतराखण्ड प्रहरीले शवको पहिचान भएपश्चात नेपालमा परिवारजनलाई खबर गरेको थियो । शवको बुधवार पोस्टमार्टम गरिएको थियो । परिवारका सदस्य तनहुँबाट हिँडेपनि देहरादुन पुगेका छैनन् ।
श्रेया पूर्वी नेपालको सीमा क्षेत्रमा पर्ने भारतको सिलगुढीमा डान्सबारमा काम गर्दै आइरहेकी थिइन् । त्यसक्रममा कर्णेलसँग प्रेम सम्बन्ध बनेको र उपाध्याय देहरादुन सरुवा हुँदा श्रेयालाई त्यही लगेर राखेका थिए । पछि श्रेयाले विवाहित उपाध्यायसँग विवाह गर्न नमान्दा हत्या भएको खुलेको छ ।
शनिबार राति आरोपी उपाध्यायले श्रेयालाई मदिरा खुवाएर बेहोस अवस्थामा टाढा पुर्याएर शिर र निधारमा हथौडाले प्रहार गरेर हत्या गरेको बयान दिएको प्रहरीको भनाइ उदृध गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् । ज्यान गुमाएकी श्रेया भानु नगरपालिकाकी रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार
अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि, अमेरिकी डलर उच्च बिन्दुमा
पुष २७, २०८१ शनिबार