मलद्वारमा लुकाएर ल्याइएको १ किलो सुन तस्करीमा तरुण दलका नेताको संलग्नता !
नेपालबहस संवाददाता
भदौ २८, २०८० बिहिबार १७:२५:३५
२८ भदौ, काठमाडौं । सोमबार दुबईबाट यात्रु काभ्रेका बाबुलाल दोङले मलद्वारमा लुकाएर ल्याएको करिब एक केजी सुन त्रिभुवन आन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको घटनाका नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलका एक नेताको नाम जोडिएको छ ।
काठमाडौं प्रहरी परिसर टेकुका अनुसार घटनामा तरुण दलका नेता विकास लामाको नाम जोडिएको हो । लामा काभ्रेका हुन् । उनी यसपहिले मोटरसाइकल चोरी र ज्यान मार्ने उद्योग कसुरमा जेल बसेर निस्केका पाइएको प्रहरीले जनाएको छ ।
केही समय दुबई रोजगारमा बसेर फर्किएका लामा २ वर्षदेखि सुन तस्करीमा लागेको पाइएको प्रहरीको भनाइ छ । दुबई छँदा लामाले दुबई–भारत रुट बनाएर केही समय सुन तस्करी समेत गरेको स्रोतले बतायो ।
पछिल्लो समय उनले वर्षदेखि नेपालबाट मान्छे पठाएर दुबई–काठमाडौं रुट बनाएर सुन तस्करी गर्दै आइरहेको स्रोतको दाबी छ । उनी लगानीकर्ताकाे रूपमा चिनिने गरेकाे बताइन्छ । दुबईबाट सुन बोकेर हिमालयन एयरलाइन्सबाट काठमाडौं आएका बेला योपटक पक्राउ परेका दोङ र उनले ल्याएको सुन लिन (रिसिभ गर्न) विमानस्थल पुगेका काभ्रेकै जगत लामा र मिङ्मा दोर्जे स्याङ्तान पनि पक्राउ परिसकेका छन् । दोङ पटकपटक दुबइ आउजाउ गरेकाे रेकर्ड प्रहरीले फेला पारेकाे छ ।
स्करीको सुन लिन विकासले आफ्नै गाडी दिई दुई जनालाई विमानस्थल पठाएको खुलेको छ । उनको प्रदेश ०१ २७ च ९९६० नम्बरको गाडी प्रहरीले नियन्त्रणमा लिइसकेको छ । विमानस्थलमा यो गिरोहलाई ‘विकास ग्रुप’को नामले चिनिने बताइएको छ । सहयोगी तीन पक्राउ परेदेखि विकास सम्पर्क विहीन भएका छन् । उनका सम्बन्धमा सुक्ष्म अध्ययन भइरहेको प्रहरीले जनाएको छ । विकास कांग्रेस नेता तीर्थबहादुर लामा, यन्द्र बाँनियाँ निकट मानिन्छन्
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार