विमानस्थल भन्सारका कर्मचारीले स्थगित गरे आन्दोलन
नेपालबहस संवाददाता
भदौ २८, २०८० बिहिबार १७:३९:२०
२७ भदौ, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरुले आन्दोलन स्थगित गरेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएसँगै उनीहरुले आन्दोलन रोकेका हुन् ।
उनीहरुले नियमित काम सुरु गरेका छन् । सुन तस्करी प्रकरणमा प्रहरीले अनवाश्यक दुःख दिएको भन्दै दुःख दिने काम बन्द हुनुपर्ने र पक्राउ परेका कर्मचारीहरुलाई रिहा गर्नुपर्ने मागसहित भदौ २५ र २६ गते कार्गो जाँचपासका काम ठप्प पारेका थिए । २७ गतेसम्म पनि माग पूरा नभए भन्सारबाट हुने सबै काम र यात्रु जाँचपपास समेत ठप्प पार्ने चेतावनी दिएका थिए । तर प्रहरीले २७ नै प्रकरणमाथि अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएपछि आन्दोलन औचित्यहीन बन्न पुगेको थियो ।
वकिलको कार्यालयले आइतबार २९ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा चलाउने भएको छ । प्रकरणमा भन्सारका मात्रै ८ जना कर्मचारी पक्राउ परेका छन् । पक्राउपछि भन्सारतर्फका १३५ कर्मचारीले सामूहिक सरुवाको माग गर्दै विमानस्थल भन्सार कार्यालय गौचरमा निवदेन समेत थिएका थिए । त्यसको पनि सुनवाइ नहुँदै उनीहरु काममा फर्किएका हुन् ।
गत २ साउनमा विमानस्थलबाट माेटरसाइकलकाे ब्रेकसुमा ६० किलो सुन लुकाई तस्करी गरेको घटनामा प्रहरीले ९ विदेशीसहित ३२ जनलाई पक्राउ गरेर हिरासतमा राखेको छ । प्रकरणमा ५० जनालाई प्रतिवादी बनाइएको छ । १८ जना फरार सूचीमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै, आवेदन आह्वान
बैशाख २२, २०८१ शनिबार
बिहीबारको मन्त्रिपरिषदले गर्यो ६ जना सचिवको सरुवा
बैशाख २१, २०८१ शुक्रबार
गृहका ७ उपसचिहरूको सरुवा, ६ जिल्लाका सहायक प्रजीअ फेरिए
बैशाख २१, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
चिम्टीका अग्निपीडितलाई राहत
बैशाख २२, २०८१ शनिबार
गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
बैशाख २२, २०८१ शनिबार
आइपिएलमा आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै
बैशाख २२, २०८१ शनिबार
काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै, आवेदन आह्वान
बैशाख २२, २०८१ शनिबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार
राजनीति प्रभावित अर्थतन्त्र उकास्न अर्थमन्त्रीले कस्तो हिम्मत गर्ने होलान् ?
बैशाख २२, २०८१ शनिबार