प्रतिनिधिसभा बैठकमा नेम्वाङको निर्वाचन क्षेत्र रिक्त भएको जनाइने
नेपालबहस संवाददाता
भदौ २९, २०८० शुक्रबार ८:४२:२१
२९ भदौ, काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त कार्यभारी तोकिएको सम्बन्धीको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने छन् ।
साथै, सभामुख घिमिरेले नेपालको संविधान धारा ८९ को खण्ड 'च' बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको ब्यहोरा प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१५ को '१' बमोजिम जानकारी गराउने छन् ।
जसअनुसार प्रतिनिधिसभा सदस्यसमेत रहेका संविधानसभा अध्यक्ष सुबासचन्द्र नेम्वाङको निधन पछि निर्वाचन क्षेत्र इलाम–१ रिक्त रहेको जानकारी बैठकमा गराइनेछ । नेम्बाङको गत मंगलबार निधन भएको थियो भने हिजोकाे बैठक शोक प्रस्ताव पारित गरेको थियो ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संसोधन गर्न बनेको बिद्येयक २०८० लाई दफाबार छलफलका लागि सम्बन्धी समितिमा पठाइयोस’ भन्ने प्रस्ताव गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने
जेठ ११, २०८१ शुक्रबार
प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट
जेठ ११, २०८१ शुक्रबार
सिरोहिया पक्राउबारे कांग्रेसले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण
जेठ ११, २०८१ शुक्रबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
विनोद त्रिपाठी
जेठ ९, २०८१ बुधबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
नेपालबहस संवाददाता
जेठ ९, २०८१ बुधबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
जेठ ११, २०८१ शुक्रबार
पाक्वेटालाई स्पट फिक्सिङको आरोप, १० बर्षको प्रतिबन्ध लाग्न सक्ने
जेठ ११, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ११, २०८१ शुक्रबार
रफाहमा आक्रमण तुरुन्त रोक्न इजरायललाई संयुक्त राष्ट्र संघ अदालतको आदेश
जेठ ११, २०८१ शुक्रबार
श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति, कार्यदलले बुझायो उद्योगमन्त्रीलाई प्रतिवेदन
जेठ ११, २०८१ शुक्रबार
आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने
जेठ ११, २०८१ शुक्रबार
‘न्यायिक पुनःस्थापनाका लागि बजेट सुनिश्चित गरियोस्’
जेठ ११, २०८१ शुक्रबार
अवैध लागूऔषध खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ
जेठ ११, २०८१ शुक्रबार
प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट
जेठ ११, २०८१ शुक्रबार