सुन तस्करीको शैली याकुचा कि दाउद, छोटा राजनको त कुरै छैन !
किन की तस्करहरूले एयरपोर्टदेखि काठमाडौं र सीमा नाकासम्म लाइन बाँडेर मात्रै सुन तस्करी गरेका थिए भन्ने कुरा सुरक्षा मामलाका जानकार सबैलाई थाह भएकै कुरा हो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ २९, २०८० शुक्रबार १७:३:३२
![](https://nepalbahas.prixacdn.net/media/albums/sun_0cY8wH2UWZ_brCBNrImTy.png)
२९ भदौ, काठमाडौं । सुन तस्करीमा कुन शैली अपनाइएको थियो भन्ने बारेमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी )नै अलमलमा परेको छ । भारतीय अन्डरवर्ल्ड डन दाउद इब्राइमको टोलीले 'दुबई टु मुम्बई'मा अन्तर्देशीय संगठित अपराधको आफ्नो साम्राज्य विस्तार गरेका बेला छोटा राजन समूहले गुण्डागर्दीमा चुनौती दिइरहेको थियो । ठीक त्यही आसपासमा जापानमा याकुजाको आपराधिक समूहले अर्को साम्राज्य विस्तार गरेको थियो ।
जापानलाई आधार बनाएर आफ्नो आपराधिक साम्राज्य विस्तार गरेको याकुजा सामुद्रिक डाँकुहरुको समुहका रुपमा विश्वभर कुख्यात छ । जसलाई उत्तर कोरियाको राज्य संरक्षित रहेको बताइन्छ ।
जापानी आपराधिक समूह ‘याकुजा सिन्डिकेट’ले सन १९९० को दशकमा संगठित आर्थिक अपराध गरेर विश्व नै हल्लाएको थियो । ८० हजार संगठित सदस्य रहेको सिन्डिकेटले तेल र कारको मात्र होइन, यौनदासीको समेत विश्वभर तस्करी गरेको थियो । हङकङबाट नेपाललाई ‘ट्रान्जिट’ बनाएर सुन तस्करी गर्ने आपराधिक समूह पनि सोही स्तरको रहेको सीआईबीले दावी गरेपनि यौनदासीहरुको प्रमाणलाई भने बाहिर ल्याउन सकेको छैन ।
एलेक्स’ भनिने चिनियाँ नागरिक याओ पुचेङ्गले सन् २०२३ को मार्च महिनादेखि हङकङबाट नेपालमा सुन तस्करी गर्न थालेको बताएका छन् । तर उनको यो स्तर न त याकुजासँग मिल्छ नत दाउद कै तरिकासँग मेल खान्छ । प्रविधिको उच्च प्रयोगबाट भएको यो तस्करीलाई सीआईबीले अझै पनि कुन तहको भनेर खुलाएको छैन ।
राजश्व अनुसन्धान विभागले विशेष सूचनाका आधारमा पक्राउ गर्न सफल भएको ६१ किलो सुनको अनुसन्धानमा आफूलाई सरिक नगराइएको भन्दै बेखुस भएको प्रहरी प्रशासनले निकै लामो लबिङ र रस्साकस्सीबीच विभागले गरिरहेको अनुसन्धान फुत्काउन सफल भएको थियो । आम जनमानसमा अब सीआईबीले सुन तस्करीको जरोसम्म पत्ता लगाउने छ भन्ने विश्वास भएपनि 'हात्ती आयो फुस्सा' सावित भएको छ ।
सून तस्करीको ४२ जना प्रहरी अधिकारीले गरेको भनिएको अनुसन्धान निकै फितलो सावित भएको छ भने भन्सारका कर्मचारीको हडताल र चेतावनीका सामु पनि झुकेको देखिएको छ । यसको 'फेद टुप्पो' केही पनि पत्ता लगाउन पूर्णता असफल सीआईबीले न त त्रिभुवन विमानस्थलका प्रमुख भन्सार अधिकृतलाई अनुसन्धानको दायरामा ल्याउन सक्यो न त एयरपोर्टको सम्पूर्ण सुरक्षाको डिउटी लिएर बसेको नेपाल प्रहरीका डीआईजी लगायतलाई अनुसन्धानमा समेटेको देखियो ।
दुई दिन अघि मात्र विमानस्थलकै बाटो भएर दुबई हुँदै काठमाडौं आएको एक किलो सुन पक्रन सक्ने जिल्ला प्रहरी परिसर काठमाडौंको विगतको नेतृत्वले काठमाडौंका दशौं ठाउँमा सुन गाल्ने कारखाना राखेर 'किलोका किलो' सुन गाल्दा न त थाहा पायो वा थाहा नपाए झैं गरि लाइन खायो भन्ने बारेमा पनि सीआईबीको अनुसन्धान केन्द्रित हुन सकेन ।
काठमाडौं देखि भारतसम्म सुन तस्करी हुँदा बाटोमा पर्ने नेपाल प्रहरी लगायतको सुरक्षा निकायका बारेमा पनि अनुसन्धान मौन नै रह्यो, आखिर किन ? किन की तस्करहरूले एयरपोर्टदेखि काठमाडौं र सीमा नाकासम्म लाइन बाँडेर मात्रै सुन तस्करी गरेका थिए भन्ने कुरा सुरक्षा मामलाका जानकार सबैलाई थाह भएकै कुरा हो ।
याओ पुचेङ्गले अधिकार प्राप्त अधिकारी समक्ष दिएको बयानमा आफूसमेत संलग्न भई सन् २०२३ को मार्च महिनादेखि ब्रेक प्याड लगायत विभिन्न मालवस्तुमा सुन लुकाएर ल्याउन थालेको जनाएका छन् । जसले गर्दा उनको सक्रिय संलग्नतामा भएको तस्करी छोटो समयको देखिन्छ ।
साथै दिलीप भुजेलको नाममा दर्ता भएको कम्पनी रेडी ट्रेडमार्फत मात्रै दुई महिनामा ३६२.७७८ केजी सुन नेपाल भित्रिएको थियो । जसमध्ये २ साउनमा भित्रिएको ६०.७१६ केजी मात्रै बरामद भयो । त्यसबाहेक छुङगक इलेक्ट्रिक सप्लायर्स, भुजेल इलेक्ट्रिक सप्लायर्स, हवाडा इलेक्ट्रिक सप्लायर्स, पवटी इलेक्ट्रिक सप्लायर्स, दोलखा इलेक्ट्रिक सप्लायर्स र सरिता सप्लायर्स नामका कम्पनीसमेत खोलेर सोही गिरोहले पटक–पटक सामान ल्याएको र त्यसमा सुन तस्करी भएको अनुमान सीआईबीकाे छ, यसमा विस्तृत अनुसन्धान बाँकी छ ।
यसपटक प्रहरीकाे अनुसन्धान रेडी ट्रेडबाट ल्याइएका सामग्रीमाथि मात्रै केन्द्रित गरिएको छ । गिरोहका सदस्यले अन्य कम्पनीको नाममा पनि सामग्री ल्याएको देखिन्छ । जसमा अनुसन्धान गर्न बाँकी रहेकाे प्रहरीकाे भनाइ छ । त्यसैले अनुसन्धान सकिएको छैन । गिरोहका नाइके जोसँग नेपाली नागरिकता थियो । सुन तस्करीका लागि नेपालमा सम्पूर्ण व्यवस्थापन मिलाउने काम तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङले गर्दै आएका थिए ।
सुन रिसिभ गरेर भारतीय बजारमा लैजाने काम भने एलेक्स भनिने याओ फुचेङले गर्दै आएका थिए । नेपालमा बस्ने दावाले नेपाली नागरिकता मात्रै लिएनन्, नेपाली पासपोर्टसमेत बनाएका थिए । उनकै सहयोगमा गिरोहका सदस्य चिनियाँ नागरिक फुचेङले पनि छिरिङ सोनाम तामाङको नाममा नेपाली नागरिकता र राहदानी बनाएका थिए ।
गिरोहका अर्का सदस्य नेङकाई लीले सोनाम लामा, वेन सुन लीले छिरिङ लामा, सेड फा डिङले राम लामाको नाममा नेपाली नागरिकता र राहदानी बनाएका थिए । सीआईबीका अनुसार नागरिकता र राहदानी बनाउन उनीहरूलाई दावाले नै सघाएका थिए । उनीहरूलाई भारतमै नागरिकता र राहदानी पुर्याइदिएको पनि स्रोतको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
फागुन २, २०८१ शुक्रबार
काठमाडौंको काडाँघारीबाट साढे ४ सय किलो बढी रक्तचन्दन बरामद, दुई जना पक्राउ
माघ २, २०८१ बुधबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार