वाणिज्य बैंकहरुको असोज महिनाको ब्याजदर सार्वजनिक, सातले घटाए, आठ वटाले बढाए
नेपालबहस संवाददाता
भदौ ३१, २०८० आइतबार १२:१४:३७
३१ भदौ,काठमाडौं । असोज महिनाको लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार केही बैंकको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर भदौको तुलनामा बढेको छ भने केहीको घटेको छ । कतिपय बैंकले भने भदौकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
वाणिज्य बैंकहरुले लामो समयदेखि भद्र सहमतिका नाममा गर्दै आएको ‘ब्याजदर कार्टेलिङ’ को अन्त्य गरेसँगै साउनदेखि बैंकहरुले फरक फरक ब्याजदर निर्धारण गर्दै आएका छन् । दुई महिनाको अवधिमा अधिकांश बैंकहरुको ब्याजदर बढेको छ । असोज महिनाका लागि बैंकहरुको औसत ब्याजदर १०.२२ प्रतिशत रहने देखिएको छ ।
बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था रहेको छ । सोही अनुसार वाणिज्य बैंकहरुले असोजका लागि नयाँ ब्याजदर निर्धारण गरेको छन् । नयाँ ब्याजदर तोकेका बैंकहरुले मुद्दती निक्षेप (एफडी) मा अधिकतम ११.३६ प्रतिशतसम्म ब्याजदर अफर गरेका छन् ।
प्राइम कमर्सियल बैंकले असोजका लागि ११.३६ प्रतिशत अफर गरेको हो । यो भदौ महिनाको तुलनामा ४.२२ प्रतिशतको वृद्धि हो । भदौ महिनाका लागि बैंकहरुले अधिकतम १०.९० प्रतिशत ब्याजदर तोकेका थिए । तीनवटा बैंक एभेरेष्ट, हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकले समान ११.०५ प्रतिशत ब्याजदर तोकेका छन् ।
ग्लोबल आईएमई बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, कृषि विकास बैंक र लक्ष्मी सनराइज बैंक भने भदौको भन्दा केहीँ ब्याजदर घटाएर १०.५० प्रतिशतसम्म तोकेका छन् । भदौका लागि यी बैंकहरुले १० प्रतिशतदेखि १०.९० प्रतिशतसम्म ब्याजदर तोकेका थिए ।
भदौका लागि ९.९९ प्रतिशत ब्याजदर तोकेको नेपाल एसबीआई बैंकले असोजका लागि १० प्रतिशत ब्याजदर तोेकेको छ भने एनएमबी बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकले भदौ महिनाकै निरन्तरता ९.९९ प्रतिशत नै ब्याजदर तोकेका छन् ।
सानिमा बैंकले ९.९५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ९.५० प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९.२९ प्रतिशत र नेपाल बैंकले ९.२५ प्रतिशतले ब्याजदर तोेकेका छन् । यी बैंकहरुले भदौ महिनाका लागि क्रमशः १०.९० प्रतिशत, ९.९९ प्रतिशत, ८.९२ प्रतिशत र १०.९० प्रतिशत ब्याजदर तोकेका थिए ।
हालसम्म असोजका लागि १९ वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदरअनुसार व्यक्तिगत मुदद्दति निक्षेपमा ८ वाणिज्य बैंकले अघिल्लो महिनाको तुलना ब्याजदर घटेका छ । यता, ७ बैंकको ब्याजदर अघिल्लो महिनाको तुलनामा बढेको छ । ४ वटा बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्लोबल आइएमई बैंकमा खाता खोल्दा ५ वटा फाइदा एकसाथ
भदौ २०, २०८१ बिहिबार
आईएमइ र कमर्स प्लेक्स बीच रेमिटेन्स आदान प्रदानका लागि रणनीतिक साझेदारी
भदौ २०, २०८१ बिहिबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
भदौ २२, २०८१ शनिबार
फ्रान्सका विद्यालयमा 'डिजिटल ब्रेक'
भदौ २३, २०८१ आइतबार
सुनिता र बुचलाई अन्तरिक्ष स्टेशनमा लिएर गएको यान खाली फर्कियो
भदौ २३, २०८१ आइतबार
आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै
भदौ २३, २०८१ आइतबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
हंगेरीमाथि जर्मनीको शानदार जित
भदौ २३, २०८१ आइतबार
अर्थ समितिको बैठक बस्दै
भदौ २३, २०८१ आइतबार