सुरक्षा निकायका प्रमुखसँग छलफल गरेर किन शीतलनिवास गए कार्यवाहक प्रधानमन्त्री खड्का ?
नेपालबहस संवाददाता
भदौ ३१, २०८० आइतबार २१:३०:४५
३१ भदौ, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का सिंहदरवारमा सुरक्षा निकायका प्रमुखसँगको छलफल सकिएपछि राष्ट्रपति कार्यालय शीतलनिवास गएका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेर देशको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराएका छन् । आइतबार अपरान्ह खड्कासहित उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका थिए ।
रक्षा मन्त्रालयमा भएको छलफलमा मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, रक्षा सचिव, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुख, नेपाल प्रहरीका कार्यवाहक प्रमुखको सहभागिता थियो । छलफलमा कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले सुरक्षा निकाय प्रमुखसँग देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिएका थिए ।
संविधान दिवसका अवसरमा दिने आम माफीबारे छलफल गर्न खड्का राष्ट्रपति कार्यालय गएको बताइएको छ । राष्ट्रपति कार्यालयले आम माफीका लागि पठाएका व्यक्तिहरुकाबारे राष्ट्रपति कार्यालयले चासो राखेको थियो । राष्ट्रपति कार्यालयले आम माफी दिनुपर्नाको कारण गृह मन्त्रालयसँग मागेपछि यसै सिलसिलामा छलफल गर्न खड्का शीतलनिवास गएको बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्रसंघको महासभामा सहभागीता जनाउन शनिबार अमेरिका प्रस्थान गरेका छन् । प्रधानमन्त्री अमेरिकाबाटै चीन भ्रमणमा जाने कार्यतालिका छ । प्रधानमन्त्री प्रचण्ड नभएको अवस्थामा गर्नुपर्ने कामको जिम्मेवारी खड्काले नै पाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार