विराटनगरमा आजदेखि २ महिने निषेधाज्ञा लागु
नेपालबहस संवाददाता
असोज १, २०८० सोमबार १२:३१:४९
१ असोज, काठमाडौं । जिल्ला प्रशासन कार्यालय मोरङले आजदेखि विराटनगरका मुख्य मुख्य क्षेत्रमा २ महिनासम्मको लागि निषेधाज्ञा लागू गरेको छ । प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आइतबार एक सूचना जारी गर्दै असोज १ गते सोमबार बिहान ६ बजेदेखि दुई महिनासम्मका लागि निश्चित क्षेत्र तोक्दै त्यस क्षेत्रभित्र सभा, जुलुस, विरोध,र्याली, धर्ना गर्न नपाइने जनाएका छन् ।
प्रदेशसभा भवन, मुख्यमन्त्री कार्यालय, मुख्यमन्त्री निवास, प्रदेश प्रमुख कार्यालय/निवास र जिल्ला प्रशासन कार्यालयलाई केन्द्र बनाएर त्यसभन्दा ३०० मिटर टाढासम्मका दूरीलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
जसअनुसार प्रदेशसभा बैठक कक्षबाट पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोक क्षेत्र, मुखयमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रोडशेष चोकदेखि दक्षिण जतुवा चोक क्षेत्र, मुख्यमन्त्री निवासको तीन सय मिटर वरपरको क्षेत्र, प्रदेश प्रमुखको कार्यालयबाट तीन सय मिटर वरपर र जिल्ला प्रशासन कार्यालयको डाँफे चोकदेखि पूर्वको क्षेत्रलाई स्थानीय प्रशासनले निषेधित क्षेत्र तोकेको छ ।
नेकपा (एमाले) नेतृत्वको सरकार फर्किएसँगै कोशी प्रदेशको राजधानी विराटनगरमा फेरि आन्दोलन बढ्ने चिन्ता बढिरहेको बेला स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
कोशीमा एमाले नेतृत्वमा अल्पमतको सरकार बनेपछि प्रदेशको नामाकरण विषयलाई लिएर पुनः आन्दोलन चर्काउने तयारी समेत भइरहेको सूचना प्रशासनले पाएपछि संभावित झडप रोक्न निषेधाज्ञाको बाटो रोजिएको स्रोतको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
बैशाख २०, २०८१ बिहिबार
संकल्प प्रस्ताव गलत भए अदालत जान कोशीका मुख्यमन्त्री कार्कीलाई सत्ता पक्षको चेतावनी
बैशाख २०, २०८१ बिहिबार
नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की
बैशाख १९, २०८१ बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार