खानेपानी उपभोक्तामाथि अक्वाको मनपरी, उचाल्दै फुट्छन् पानीका जार
नेपालबहस संवाददाता
असोज १, २०८० सोमबार १६:४:५०
१ असोज, काठमाडौं । झट्ट हेर्दा "आक्वा हन्ड्रेड" जस्तै देखिने तर "आक्वा स्पोर्टी" नामक नक्कली ब्राण्डबाट लामो समयदेखि आम उपभोक्तालाई ठगी गर्दै आएको कम्पनीले उपभोक्तामाथि मनपरी गर्न थालेको छ ।
बजारमा आक्वा नामका जारमा आउने पानी अशुद्ध भएको गुनासा बढिरहेका बेला उक्त कम्पनीले जारसमेत नक्कली पठाउन थालेको छ । आक्वाले बजारमा पठाएका नक्कली जार उचाल्दै फूटन थालेका छन् । पानीमा पनि अखाद्य पदार्थको बास्ना आउने र अरू भन्दा धमिलो हुने गरेको उपभोक्ताहरू बताउँछन् ।
बजारमा आक्वा ब्राण्डका नाममा झुक्याउने गरी रायल स्प्रीङ मिनरल वाटर तथा बेभरेज प्रालिको उपभोक्तामाथि मनपरी ठगी बढ्दा पनि सरकारी संयन्त्रहरु कानमा तेल हालेर बसेका छन् । यसअघि बालाजु औद्योगिक क्षेत्रमा रहेको ‘अक्वा हन्ड्रेट’ कम्पनीले उत्पादन गर्ने पिउने पानी पनि दुषित पाइएको थियो । अहिले पानी कम्पनीहरूले जारसमेत नक्कली पठाउन थालेका छन् । वाणिज्य विभागले समेत पानी बजारमा नक्कली काम भइरहे पनि छानविन गरेको छैन । करोडौं उपभोक्ताको स्वास्थ्यसँग धेरै कम्पनीले खेलवाड गरिरहेका छन् ।
पानी उचाल्दा फुटेका जार फिर्ता लान समेत नमान्ने गरेको उपभोक्ताहरू बताउँछन् । लामो समयदेखि जारको पानी प्रयोग गर्दै आएकी ललितपुर बखुण्डोलकी नमिता पाैडेलले अहिले आक्वाका जारमा धमिलो पानी आउने र जार प्रयोग गर्न नमिल्ने खालका आउन थालेको बताइन् । उनले सोमबार सधैं ल्याउने गरेको बखुण्डोल कै बानियाँ किनारा पसलबाट ल्याएको आक्वाको पानीको जार उचाल्दै पिँध खुस्किएर पानी कोठा भरी छरपष्ट भएको बताइन् ।
जार फूटेपछि गहिरिएर हेर्दा सो जारमा उत्पादन मिति र एक्सपाएर मिति नै नभएको पाइएको छ । प्रति जार ५५ रूपैयाँ मूल्य राखिएको यो कम्पनीको पानी गुणस्तरहीन समेत हुने गरेको छ । मिनरल भनिएपनि फिल्टर समेत जारको पानी उत्पादन कम्पनीहरूले नगर्ने गरेको जानकारहरु बताउँछन् ।
उनले पानी ल्याउने पसलेसँग गुनासो गर्दा आफूहरूलाई यस्तै पानी दिने गरेको, सिलबन्दी गरेर आएको पानी अशुद्ध नहुने भन्दै जवाफ फर्काउने गरेका छन् । सेञ्चुरी जस्तै आक्वाको पानी प्रयोग गर्ने उपभोक्ताहरू धेरै छन् । उनीहरूले जान अन्जानमा अशुद्ध पानी खाइरहेका छन् । यस्ता ठगी गर्न पल्किएका कम्पनी माथि सरकारले भने कुनै चासो दिएको छैन । उपभोक्ता नै यसका विरुद्ध उत्रनुपर्ने बेला आएको बखुण्डोल कै अर्जुन बानियाँ बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइटहरीमा पर्यटकलाई लुटपाट गर्ने ७ जना पक्राउ
भदौ २२, २०८१ शनिबार
संविधान दिवसका दिन झण्डै १ हजार कैदी रिहा हुने
भदौ २०, २०८१ बिहिबार
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ
भदौ २०, २०८१ बिहिबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
भदौ २२, २०८१ शनिबार
फ्रान्सका विद्यालयमा 'डिजिटल ब्रेक'
भदौ २३, २०८१ आइतबार
सुनिता र बुचलाई अन्तरिक्ष स्टेशनमा लिएर गएको यान खाली फर्कियो
भदौ २३, २०८१ आइतबार
आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै
भदौ २३, २०८१ आइतबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
हंगेरीमाथि जर्मनीको शानदार जित
भदौ २३, २०८१ आइतबार
अर्थ समितिको बैठक बस्दै
भदौ २३, २०८१ आइतबार