सरकारको पुँजीगत खर्चमा सुधार, चालुखर्च घटेपनि राजस्व संकलन लक्ष्यभन्दा तल
नेपालबहस संवाददाता
असोज २, २०८० मंगलबार १२:२:२८
२ असोज, काठमाडौं । गत वर्षभन्दा यो वर्षको सुरुमा सरकारी खर्चको अनुपातमा सुधार आएको छ । पुँजीगत खर्च बढेको छ भने चालुखर्च घटेको छ । राजश्व संकलनमा भने सुधार देखिएको छैन । यो महालेखा नियन्त्रणको कार्यालयले चालू आर्थिक वर्ष ०८०/८१ को पहिलो दुई महिनाको विवरण हो । सरकारले बजेटमार्फत चालुखर्च खटाउने योजना बनाएको थियो ।
महालेखाका अनुसार सरकारले २ दशमलव ७ प्रतिशत पुँजीगत खर्च गरेको छ । गत आर्थिक वर्षको पहिलो दुई महिनामा यस्तो खर्च एक दशमलव ५४ प्रतिशत मात्रै भएको थियो । यस हिसाबले हेर्ने हो भने पनि पुँजीगत खर्च बढेको देखिन्छ । भदौ मसान्तसम्ममा ८ अर्ब १६ करोड ३९ लाख रूपैयाँ पुँजीगत खर्च भएको छ । गत आवको यही अवधिमा पुँजीगत खर्च पाँच अर्ब ८६ करोड पाँच लाख थियो ।
गत वर्षको तुलनामा चालू आवमा दुई अर्ब ३० करोड ३४ लाख रुपैयाँले पुँजीगत खर्च बढेको छ । सरकारले चालू आर्थिक वर्षका लागि पुँजीगत तर्फको बजेटमा कटौती गरेको छ । गत आर्थिक वर्षमा तीन खर्ब ८० अर्ब ३८ करोड रूपैयाँ पुँजीगत खर्च छुट्याइएकामा चालू आवमा तीन खर्ब दुई अर्ब मात्रै विनियोजन गरिएको छ । यो वर्ष झन्डै ७८ अर्ब ३१ करोड रूपैयाँले पुँजीगत खर्च कटौती भएको हो ।
चालू आवको दुई महिनामा ८७ अर्ब ६६ करोड ३५ लाख रूपैयाँ चालू खर्च भएको छ । यो गत आवको पहिलो दुई महिनाको तुलनामा २१ अर्ब ६ करोड रूपैयाँ कम हो । गत आवको यो अवधिमा एक खर्ब आठ अर्ब ७३ करोड रूपैयाँको चालू खर्च भएको थियो । कुल चालू बजेटको तुलनामा चालू आवको खर्च ७.६८ प्रतिशत हो । गत वर्ष चालूतर्फ ११ खर्ब ८३ अर्ब २३ करोड रूपैयाँ खर्च छुट्याएको सरकारले यस वर्ष ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन गरेको छ ।
वैदेशिक ऋणको साँवा तथा ब्याजको किस्ता तिर्नमा समेत यसपाली बढी रकम खर्च भएको छ । गत आर्थिक वर्षको दुई महिनामा १९ अर्ब ७४ करोड मात्रै वित्तीय व्यवस्थातर्फ खर्च भएकोमा यसपाली ३५ अर्ब ३१ करोड खर्च भएको छ । समग्रतामा दुई महिनामा कुल बजेटको ७.४९ प्रतिशत खर्च भएको छ । अर्थात् १७ खर्ब ५१ अर्ब ३१ करोडको कुल बजेटमध्ये एक खर्ब ३१ अर्ब खर्च भएको हो ।
राजस्व संकलनमा भने सुधार आउन सकेको छैन । गत वर्षको भन्दा राजस्व संकलन घटेको देखिन्छ । महालेखाको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिनामा एक खर्ब ४१ अर्ब ७ करोड ७१ लाख राजस्व संकलन भएको छ । यो कुल लक्षित राजस्वको ९.९२ प्रतिशत मात्रै हो । गत आर्थिक वर्षको यो अवधिमा राजस्व लक्ष्यको १० प्रतिशतमाथि थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार