पशुपति क्षेत्रको बसपार्कमा अबदेखि निःशुल्क पार्किङ
नेपालबहस संवाददाता
असोज २, २०८० मंगलबार १४:७:३२
२ असोज, काठमाडौं । पार्किङ शुल्क विवादमा रुमल्लिँदै आएको पशुपति क्षेत्रभित्रको बसपार्क निःशुल्क गरिएको छ । पार्किङ व्यवस्थापनको जिम्मा पाएको तत्त्व इन्भेस्टमेन्ट प्रालिले ४१ लाख बढी बक्यौता रकम भुक्तान नगरेको र पार्किङ शुल्कमा समेत अनियमितता गरेको भन्दै पशुपति क्षेत्र विकास कोषले उक्त कम्पनीसँगको सम्झौता तोडेपछि निःशुल्क गरिएको हो ।
पार्किङ व्यवस्थापनमा व्यापक अनियमितता तथा कानूनको उल्लंघन भएको देखिएपछि टेन्डरवाला कम्पनीसँगको सम्झौता रद्द गरी तत्कालका लागि पार्किङ निःशुल्क गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
‘पशुपतिनाथको बसपार्कमा अनियमितता र कानुनको गम्भीर उल्लंघन देखिएकाले सम्झौता भंग गरिसकिएको छ । अर्को प्रक्रिया पुरा नहुँदासम्म पार्किङ निःशुल्क गरिएको जानकारी गराइन्छ,’ मन्त्री किरातीले फेसबुकमा लेखेका छन् ।
पशुपति क्षेत्र विकास कोषले गत भदौ २१ गते नै तत्त्व इन्भेस्टमेन्टसँगको सम्झौता तोडेको थियो । कोष र कम्पनीबीच पार्किङ व्यवस्थापनका लागि ५ वर्षको सम्झौता भएपनि सम्झौता अनुसारको शुल्क नियमित रूपमा भुक्तान नगरिएपछि ठेक्का रद्द गरेको कोषले जनाएको थियाे । कोषले कम्पनीबाट ४१ लाख रुपैयाँ भुक्तानी लिन बाँकी छ । निरन्तर ताकेता गर्दा पनि नउठेपछि सम्झौता रद्द गरिएको हो ।
धार्मिक क्षेत्रमा तीर्थयात्रुसँग चर्को रुपमा पार्किङ शुल्क लिएको भन्दै पर्यटकहरुले गुनासो गर्दै आइरहेका थिए । पार्किङस्थलमा ठूला सवारी सवारीसहित आउने आन्तरिक र बाह्रय पर्यटकलाइ विशेष ग्राहयता दिँदै आएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै, आवेदन आह्वान
बैशाख २२, २०८१ शनिबार
बिहीबारको मन्त्रिपरिषदले गर्यो ६ जना सचिवको सरुवा
बैशाख २१, २०८१ शुक्रबार
गृहका ७ उपसचिहरूको सरुवा, ६ जिल्लाका सहायक प्रजीअ फेरिए
बैशाख २१, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
आइपिएलमा आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै
बैशाख २२, २०८१ शनिबार
काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै, आवेदन आह्वान
बैशाख २२, २०८१ शनिबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार
राजनीति प्रभावित अर्थतन्त्र उकास्न अर्थमन्त्रीले कस्तो हिम्मत गर्ने होलान् ?
बैशाख २२, २०८१ शनिबार
ठेकी निर्माण गर्दै
बैशाख २२, २०८१ शनिबार
एमाले अनिर्णित हुँदा मुख्यमन्त्री सोडारी संकटमा, आज पनि विश्वासको मत लिने तयारी
बैशाख २२, २०८१ शनिबार