माटो पेलेर तेल निस्किँदैन, नियम कानुन भित्र रहेर बैभव वीरगंज बनाउँछु : नगर प्रमुख सिंह
आबिद हुसेन
असोज २, २०८० मंगलबार २१:२१:३८
२ असोज, वीरगंज । वीरगंज महानगरपालिका प्रमुख राजेशमान सिंहले माटो पेलेर तेल ननिस्कने बताउँदै नियम कानुन भित्र रहेर बैभव वीरगंज बनाउने अभियानमा आफू जुटेको बताउनु भएको छ । रेडियो बीरगंज तथा टिभी बीरगजको जनता जानेके चाहता कार्यक्रममा नगर प्रमुख सिंहले अबको ३ बर्ष ९ महिना भित्रै नमुना वीरगंज होईन, बैभव वीरगंज बन्ने दावी गरेका छन् ।
उनले गाउँ नपस्नेहरुले गाउँको विकास भएन भनेर सामाजिक संजाल लगायतका भित्ताहरु रंग्याउने गरेको बताउँदै त्यस्ता व्यक्तिलाई वीरगंज महानगरपालिकाको वडा नम्बर १७ देखि ३२ सम्म पस्न आग्रह गरे।महानगरपालिकाको ग्रामिण क्षेत्रको विकासका लागि मास्टर प्लान बनाएर आफू अगाडी बढेको बताउदै नगर प्रमुख सिंहले आफ्नो कार्यकालमा भ्रष्टाचार र अनियमिता भयो भन्नेहरूलाई अख्तियार बोलाएर अनुसन्धानका लागि फाइल लैजान चुनौती दिनुभयो ।
उनले आफ्नो १५ महिने कार्यकालमा भए गरेका कामका सम्पूर्ण फाईलहरु र निवर्तमान मेयर विजय सरावगीको कार्यकालको फाईलहरु पनि अख्तियारमा लगेर परिक्षण गर्न चुनौती दिदै जसले भ्रष्टाचार गरेको छ त्यसलाई कारवाही हुनु पर्छ भने ।
नगर प्रमुख सिंहले हाल दैनिक ज्यालादारी र डोर हाजिरमा कार्यरत ४ सय ९० जना कर्मचारी हटाईएको बताउँदै ३२ वडामा वडा अध्यक्षले ५र५ जना सफाई कर्मी, १ जना ड्राईभर, १ जना कम्प्युटर अपरेटर र १ जना कार्यालय सहयोगी गरी २ सय ५६ जना नियुक्त गरेको बताउदै आफूले कसैको दवावमा कर्मचारी नियुक्ति नगरेको र अहिले कर्मचारी हटाउँदा सबै भन्दा बढी प्रभाव नगर प्रहरी र दमकलमा परेको बताए ।
वीरगंज महानगरपालिकामा हाल कर्मचारी हटेसँगै ३२ जना नगर प्रहरी र ६ जना फायर मैन मात्रै रहेको बताउँदै यसले महानगर चलाउन कठिन भए पनि आफूहरूले प्रयास गरी रहेको बताउनु भयो । नगर प्रमुख सिंहले विपक्षी तथा वीरगंजका २-४ जना पत्रकारले आफूलाई आरोप लगाउँदै आएको बताउँदै आरोपले आफू उल्टै मजबुद हुने र उर्जा प्राप्त हुने दावी गरे ।
उनले आफू कहिल्यै पछाडी फर्केर नहेर्ने बताउँदै आफू व्यापारी नभइ जनताको सेवक रहेको बताए । नगर प्रमुख सिंहले महानगरका ३२ वडामा फोहोर उठाउने ट्याक्टर नभएको अवस्थामा रकम जुटाएर ट्याक्टर खरिद गरिएको बेला त्यसैलाई भ्रष्टाचार भन्ने पूर्व व्यापारी मेयरले नाफा घाटा हेरेको बताउँदै जनताको सेवकले जनताको दुःख मात्रै हेर्ने दावी गरे । वीरगंजको विकास सँगै शिक्षा, स्वास्थ्यलाई प्रमुख एजेण्डा बनाउँदै आफू अगाडि बढी रहेको बताउदै नगर प्रमुख सिंहले नारायणी अस्पताल सहितका वीरगंजका अस्पतालहरूको सुधारमा महानगरपालिका लागेको बताए ।
उनले शिक्षा र स्वास्थ्य क्षेत्रका माफियातन्त्रलाई जरै देखि उखेल्न आफू लागि परेको बताउदै सर्वसुलभ गुणस्तरीय स्वास्थ्य र शिक्षाको व्यवस्थापनमा महानगर जुटि रहेको खुलासा गरे। नगर प्रमुख सिंहले नगर क्षेत्रको व्यापार, व्यवसाय, कलकारखानाको लागत निकालेर व्यवसायीसँग कर लिने, घरवहाल करलाई व्यवस्थित गर्ने अभियानमा महानगर जुटि रहेको बताउदै गत आर्थिक बर्ष २०७८-७९ भन्दा २०७९-८० मा ६ करोड बढी राजस्व उठाएको दावी गरे ।
बैभव वीरगंज अभियान अन्तरगत नगरको सौन्दर्यकरण, सरसफाई, धार्मिक क्षेत्रको संरक्षण, सम्वर्द्धन, ढलनलको व्यवस्थापनमा महानगरपालिका रात दिन जुटेको बताउँदै उनले महानगरमा आएका ग्रामिण वडाहरूको वृहत्तर विकासका लागि करोडौंकाे बजेटका योजनाहरु केही संचालनमा आएको र केही आउने अवस्थामा रहेको जानकारी पनि दिए ।
उनले रामजानकी मन्दिरको जग्गामा बाटो नबन्ने दावी गर्दै हल्ला र हावाका पछाडि नलाग्न आग्रह गरे । नगर प्रमुख सिंहले पुरानो बसपार्कको सटरमा के राखिन्छ डेढ महिना पछि हेर्नका लागि प्रतिक्षा गर्न नगरवासीलाई आग्रह गर्दै वीरगंजवासीको साथ सहयोगले मात्रै बैभव वीरगंजको लक्ष्य हासिल हुने दावी गरे ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार