काठमाडाैंमा एमालेको संविधान उत्सव, चुच्चे नक्सा र राष्ट्रिय झण्डा राखेर सेल्फी
नेपालबहस संवाददाता
असोज ३, २०८० बुधबार ११:३६:३०
३ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले बुधबार संविधान दिवसको अवसरमा काठमाडौंको नारायणचौरमा विशेष कार्यक्रम आयोजना गरेको छ । बिहान ७ बजे नारायणचौरमा पुगेर अध्यक्ष केपी शर्मा ओली, नेता–कार्यकर्ताहरुले हातहातमा राष्ट्रिय झण्डा र चौंरमा नेपालको नक्सा राकेर दिवसमा शुभकामना आदनप्रदान गरे ।
चौंरमा अग्लो खम्बामा राष्ट्रिय झण्डा समेत फहराउने काम भएको छ । सहभागीहरुले राष्ट्रिय झण्डासँग सेल्फी खिचेका छन् । एमालेले आज ‘मर्निङ वाक नेसनल वाक, सेल्फी विथ नेशनल फ्ल्याग’सहित संविधान दिवस मनाउन आग्रह गरेको छ । कार्यक्रममा एमालेका पदाधिकारी, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता लगायत नेताहरु सहभागी भए । संविधान दिवस राष्ट्रिय दिवस भएको उल्लेख गर्दै ओलीले सहभागीहरुलाई शुभकामना दिए । धर्मपत्नी राधाकासाथ पुगेका उनले चाैंरमा राखिएका चुच्चे नक्स, राष्ट्रिय झण्डा र विकास-समृद्धिका नारासहितका व्यानरमा सहभागीहरुसँग सेल्फी खिचाएका छन् ।
यता सरकारले आज बिहान सैनिक मञ्च टुँडीखेलमा विशेष समारोहको आयोजना राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमिा विशेष कार्यक्रम मनाएको छ । यस वर्ष असोज ३ को संविधान दिवसलाई ३ दिनसम्म कार्यक्रम गरी मनाउने निर्णय मन्त्रिपरिषदले गरेको थियो ।
वर्तमान संविधान २०७२ असोज ३ मा जारी भएको थियो । २०६४ मा गठित संविधानसभाबाट संविधान बनाउन नसकेपछि २०७० मा भएको दोस्रो संविधानसभाको चुनाव गराएपछि गठिन संविधानसभाले संविधान बनाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको घाँसे मैदान
पुष २१, २०८१ आइतबार