संविधान दिवसमा प्रभातफेरीमा कर्मचारी सहभागी नभएपछि नगरप्रमुख आक्रोशित
नेपालबहस संवाददाता
असोज ३, २०८० बुधबार १५:११:२८
३ असोज, काठमाडौं । संविधान दिवसको अवसरमा बुधबार महोत्तरीमा हर्षोल्लासका साथ स्थानीय तहले प्रभातफेरि कार्यक्रम गरेका छन् । नागरिक समाज, संघ संस्थाहरु, राजनीतिक दलहरुलाई सहभागी भएर निकालिएको प्रभातफेरि कार्यक्रममा उत्साहजनक उपस्थिति थियो ।
प्रभातफेरिपछि भएको कोणसभामा बोल्दै वक्ताहरुले जनताको लोकतान्त्रिक अधिकार स्थापित गर्न यो संविधान नै उत्कृष्ट भएको धारणाा राखे । बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले कोणसभालाई सम्बोधन गर्दै संविधान दिवसलाई कालो दिवसकोरुपमा मनाउन उक्साउने केही मधेशवादी दलहरुप्रति कटाक्ष समेत गरे ।
‘जनताको हकअधिकार सुनिश्चित गर्न आवश्यक परे संविधान संशोधन गरेर अगाडि बढ्न सकिने उनले बताए । उनले संविधान दिवस जस्तो महत्त्वपूर्ण दिनमा विदाका नाममा घरमा नै बस्ने कर्मचारीहरुप्रति नगरप्रमुख क्षेत्रीले आक्रोश समेत व्यक्त गरे । उनले संविधान दिवस मनाउन दिएको विदालाई कर्मचारीले दुरुपयोग गरेको आरोप लगाए ।
संविधान दिवसमा सहभागी भएर हर्षोल्लास बढाउन कर्मचारीलाई काममा छट्टी दिएको र घरमा बसेर कार्यक्रममा सहभागी नहुनु राम्रो संकेत नभएको उनको भनाइ छ । संविधान आन्दोलन र बलिदानको उपज भएको उनले बताए । दिवसमा सहभागी नहुने आन्दोल र बलिदानको अपमान भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार