कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा जारी, सभापति देउवाद्वारा आठजनालाई केन्द्रीय समितिमा मनोनीत
नेपालबहस संवाददाता
असोज ४, २०८० बिहिबार १४:३९:४७
४ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सानेपामा जारी छ । बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक संरचनालगायत विषयमा छलफल भइरहेको छ । बैठकले महासमिति बैठकको एजेन्डा तय गर्ने बताइएको छ । कांग्रेसले आगामी मंसिसर १३, १४ र १५ गतेका लागि महासमिति बैठक बोलाएको छ । यसैबीच बैठकअघि कांग्रेसले ८ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको छ ।
सभापति शेरबहादुर देउवाले चन्द्र भण्डारीसहित आठजनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् । महाधिवेशनबाट निर्वाचित नभएका महाधिवेशन प्रतिनिधिहरूबाट ३३ केन्द्रीय सदस्य देउवाले मनोनीत गर्न पाउने विधानमा व्यस्था छ । यस अघि पटक–पटक गरी देउवाले २३ केन्द्रीय सदस्यको नियुक्ति गरिसकेका छन् । थप आठ नियुक्ति भइसकेपछि अब देउवाले मनोनीत गर्न पाउने संख्या दुई मात्र बाँकी छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), डा. चन्द्र भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाई (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) लाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नु भएको छ, कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरेका अध्यादेश सार्वजनिक गरिने
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
काठमाडौंको काडाँघारीबाट साढे ४ सय किलो बढी रक्तचन्दन बरामद, दुई जना पक्राउ
माघ २, २०८१ बुधबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
लामिछानेको थुनछेक बहस सकियो, आजै आदेश आउने
माघ २, २०८१ बुधबार
बेलिब्रिज र रुप्से झरनाको दृश्य
माघ २, २०८१ बुधबार
आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार