महानगरभित्रको ग्रामिण क्षेत्रको विकास मेरो प्राथमिकतामा छ : मेयर सिंह
आबिद हुसेन
असोज ४, २०८० बिहिबार १५:३१:२३
४ असोज, वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले महानगरभित्रको ग्रामीण क्षेत्रको विकास आफ्नो पहिलो प्राथमिकता रहेको रहेको बताएको छ ।
बिहीबार वडा नं. ३० का स्थानीयहरुसँग लालपर्सामा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उहाँले महानगरको ग्रामीण क्षेत्रको विकासका लागि बजेट छुट्याएर काम अघि बढाएको बताएको हो ।
प्राविधिक टोलीसहित गाउँ पुगेका मेयर सिंहले स्थानीयले राखेका समस्या सम्बोधन गर्दै लालपर्सामा वर्षाका बेला हुने डुबान अन्त्य गर्न तत्काल पानी निकास हुने गरि आवश्यक स्थानहरूको पहिचान गरि कल्भर्ट निर्माण गराउने प्रतिबद्धता जनाए ।
लालपर्सामा वर्षाका बेला भेडाहा खोलाको पानी निकास नहुँदा हरेक वर्ष डुबान हुने गरेको छ । महानगर प्रमुख सिंहले प्राविधिक टोलीलाई डुबान क्षेत्र देखाउँदै पानी निकासका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिए ।
यस्तै मेयर सिंहले ग्रामिण क्षेत्रका महिलाहरूको आर्थिक अवस्था मजबुत बनाउन सीपमुलक कार्यक्रम संचालन गर्दै महिलाहरूले उत्पादन गरेका सामानको बजारिकरणको व्यवस्था महानगरले मिलाउने प्रतिबद्धता जनाए ।
यस्तै लालपर्सामा रहेको विद्यालयको भौतिक संरचना निर्माणको काम यसै आ.व.बाट सुरुवात हुने जानकारी दिँदै उनले विद्यालयको पठन पाठन चुस्त बनाउन शिक्षकको व्यवस्था मिलाउने पनि बताए ।
वडा नं. ३० का वडाअध्यक्ष मनोज यादवको अध्यक्षतामा भएको भेलामा महानगरका योजना प्रमुख इन्जिनियर अवधेस कुशवाहा, प्राविधिक सल्लाहकार प्रकाश आमात्य, स्थानीय बासिन्दा तथा बुद्धिजिवीहरुको सहभागिता रहेको थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार