सहायक रथी यमबहादुर अधिकारीको पदावधि थप नियमबमोजिम : नेपाली सेना
नेपालबहस संवाददाता
असोज ४, २०८० बिहिबार १६:४२:३४
४ अजोज, काठमाडौं । नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीको कार्यकाल थप गर्ने निर्णय नियमित प्रक्रिया बमोजिम भएको प्रष्ट पारेको छ । तत्कालीन माओवादी जनसेवाबाट नेपाली सेनामा समायोजन भएका अधिकारीको कार्यकाल ३ थप गर्ने निर्णय गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले गरेको थियो ।
मन्त्रिपरिषदले नियम मिचेर अधिकारीको कार्यकाल थप गरेको भन्दै प्रश्न उठेपछि बिहीबार सेनाको जनसम्पर्क निर्देशनालयले एक प्रेस नोट जारी गरेर स्पष्ट पारेको छ । निर्देशनालयले अधिकारीका पदावधि थप सैनिक ऐन र नियमावली अनुसार भएको जनाएको छ ।
चार वर्षअघि सहायक रथीमा बढुवा भएका अधिकारीको कार्यकाल गएको भदौ ३१ मा सकिँदैथियो । सोपछि सरकारले ३ वर्ष कार्यकाल अवधि थप नगर्ने निर्णय लिएको थियो ।
‘‘नेपाली सेनामा सहायक रथीको विशेष पदमा कार्यरत सहायक रथी यमबहादुर अधिकारीको पहिलो चार वर्षे पदावधि समाप्त हुने मिति २०८० भाद्र ३१ गतेबाटै लागू हुने र सहायक रथी दर्जाको विशेष पदलाई निरन्तरता दिने गरी तीन वर्षको पदावधि थप भएको छ’ प्रेस नोटमा उल्लेख छ ।
अधिकारी माओवादी जनसेनाबाट समायोजन भएकामध्ये धादिङिनवासी अधिकारी सबैभन्दा माथिल्लो तहका हुन् । तत्कालीन साढे १९ हजार जनसेनामध्ये अधिकारीको नेतृत्वमा करिब एक हजार ३ सयले मात्र समायोजन रोजेका थिए । बाँकी स्वेच्छिक अवकाशमा गएका थिए ।
माओवादीले २०५२ फागुन १ बाट सुरु गरेको जनयुद्धमा जनमुक्ति सेना (पीएलए) गठन गरेर १० वर्षसम्म निरंकुश राजतन्त्रविरुद्ध सशस्त्र लडाइ लडेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली सेनाद्वारा 'प्रेसर कुकर बम' निष्क्रिय
पुष ५, २०८१ शुक्रबार
प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता
मंसिर ३०, २०८१ आइतबार
प्रधानसेनापति सिग्देलले गरे भारतीय अधिकृत क्याडेटको कवाज निरीक्षण
मंसिर २९, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार