चितवनको घाँस उत्पादन कम्पनी टियानुसँग सुन काण्डका दावा छिरिङको भेटियो कनेक्सन
नेपालबहस संवाददाता
असोज ५, २०८० शुक्रबार ११:३३:२४
५ असोज, काठमाडौं । लामो समयदेखि चितवनमा व्यावसायिक घाँस खेतीमा लगानी गरिरहेको चिनियाँ टियानु इन्टरनेशनलसँग सुन काण्डमा मुछिएका दावा छिरिङको सम्पर्क देखिएको छ । नेपाली र चिनियाँ साझेदार रहेका टियानु इन्टरनेशनलले पोखरा र अन्यत्र पनि लगानी बढाउने अवस्थामा सुन काण्डमा मुछिएका बेल्जियम नागरिक दावा छिरिङको पनि संलग्नता र सम्बन्ध देखिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।
नेपालमा उत्पादित घाँस चीनमा निकासी बढ्यो भने कृषि क्रान्ति नै सम्भव छ भन्ने उद्देश्यका साथ स्थापित भएको सो कम्पनीमा चिनियाँ नागरिक तर नेपाली नाम कुवेर श्रेष्ठ राखेका च्याङले चितवनमा नमुना घाँस खेती गरिरहेका छन् । दैनिक सय टन घाँस चीनमा निर्यात गर्ने उद्देश्यका साथ ट्यान यु इन्टरनेसनल प्रालि चितवनमा घाँस प्रशोधन केन्द्र स्थापना गरेका च्याङसँग नेपालका ठूला घरानीया व्यापारीका छोरो, नेपाली राजनीतिमा उच्च ओहदामा रहेका व्यक्तिका छोरा र दावा छिरिङ वाङको सम्पर्क सम्बन्ध देखिएको हो । तर उनी त्यहाँ जोडिएका हुन र उनले कुन कुन नेताका छोराहरूलाई चाङको सम्पर्कमा पुर्याएका छन भन्ने बारेमा केही खुलेको छैन ।
२०२१ देखि नेपालको चितवनमा उत्पादित प्रशोधित घाँस ‘हेलेज’ चीन निकासी जारी छ । चितवन घाँस केन्द्रले पनि निकासीमा सघाएजस्तो गरेको छ । पहिले बिना कानुन निर्यात भइरहे पनि गत वर्षको मंसिर १३ गते देखि मकै, विकासे र जौको हेलेज घाँस चीन निर्यात भइरहेको छ । घाँससँगै रोगका जीवाणु आउला भनेर प्रशोधन गर्ने गरिएको कृषि विज्ञले बताए । नेपालले खोरेँतजस्ता जीवाणु नभएको र भिटामिनयुक्त घाँस हो भनेर प्रमाणित गर्नुपर्नेछ ।
धेरै वर्षदेखि चिनियाँ नागरिक चितवनमै बसेर यस्ता घाँस उत्पादन गरेर चीन पठाइरहेका थिए । नेपालसँग घाँस निर्यातको पुरानो रेकर्ड केही छैन । तर नेपाली घाँस तिब्बत गइरहेको लामो समय भएको थियो । नेपाललाई ठूलो परिमाणमा स्याउ बेच्ने चीनले नेपालको जुनार निर्यात गर्न बन्देज लगाएको छ । । घाँसमा चीनको विशेष चासो छ ।
चीनले २०२५ सम्म वन र घाँस उत्पादन बढाउन १.४२ ट्रिलियन डलर लगानी गरेको छ । चीनले नेपालबाट घाँस किन लगिरहेको छ रु सिगात्सेको कृषि लगानी कम्पनी टियान्यु इन्टरनेशनलले चितवनमा घाँस रोप्न, खरिद गर्न वर्ष दिनमा २.४ मिलियन डलर लगानी गरिसकेको छ । तिब्बतमा ४ सय मेट्रिक टनभन्दा बढी नेपाली घाँस निर्यात भइसकेको छ र हुँदैछ । चीनमा घाँस प्रतिकिलो २.६ युआन पर्छ, नेपाली घाँस तिब्बत पुर्याउँदा १.६ युआनमात्र पर्छ । चीनको नेपालमा १ लाख ९८ हजार टन उत्पादन गरेर चीन लैजाने र यसबाट ३० हजार नेपालीलाई रोजगारी दिने योजना छ ।
चीनले २ वर्षदेखि नेपालीसँग मिलेर घाँस उत्पादन गर्दै चीन निकासी गरिरहेको स्रोतको दावी छ । नेपाल ग्रिनल्यान्ड मल्टिपरपोज प्रालिले चितवनको प्रेम वस्ती, माडी क्षेत्रमा मकैको हेलेज परीक्षण उत्पादन गरेका छन् । पहिले २० बिगाहपछि थप क्षेत्रमा लगाइएको छ । चीनले नेपालका सातै प्रदेशमा घाँसको व्यावसायिक खेती बिस्तार गर्ने योजना बनाएको छ । कृषि मन्त्रालयले पनि घाँस उत्पादनमा सघाउने योजना ल्याएको छ ।
चीनले नेपाली किसानको घाँस उत्पादन क्षेत्रमै किन्ने योजना बनाउँदा सरकारले घाँसको अधिकतम लाभ दिलाउन कुनै चासो र उद्देश्य राखेको देखिँदैन । घाँस खेती र निकासीमा नेपाली र चिनियाँ टियानु इन्टरनेशनलको संयुक्त लगानी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंको काडाँघारीबाट साढे ४ सय किलो बढी रक्तचन्दन बरामद, दुई जना पक्राउ
माघ २, २०८१ बुधबार
भुटानी शरणार्थी प्रकरणः प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउन सर्वोच्चको आदेश
पुष २२, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार