बाँकेको बाल सुधार गृहबाट फरार ९ कैदी अझै सम्पर्कबाहिर
नेपालबहस संवाददाता
असोज ५, २०८० शुक्रबार १४:४१:३२
५ असोज, बाँके । बाँकेको बालसुधार गृहमा गएराति भएको झडपपछि फरार भएका कैदीबन्दी मध्ये ९ जना अझै सम्पर्कविहीन छन् । डडुवा गाउँपालिका–६ मा रहेको जयेन्दु बालसुधार गृहमा राति १० बजेबाट कैदीबन्दीबीच झडप भएको थियो ।
झडपमा १ जनाको ज्यान गएको थियो भने ११ जना घाइते भएका थिए । ज्यान गुमाउनेमा कञ्चन गाउँपालिका–४, रुपन्देहीका सुलभ केसी रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको हो । उनी अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीको कसुरमा सजाय काटिरहेका थिए । गृहमा विभिन्न कसुरमा दोषी ठहर भई सजाय काटिरहेका १८ देखि ३२ वर्षसम्मका कैदीहरु छन् ।
झडप हुँदा सुधार गृहको भवनका रेलिङ, बार र पर्खाल भत्काएर सुधार गृहमा रहेका २५४ जना नै बाहिर निस्किएका थिए । तीमध्ये २४५ जना नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्य ९ जना अझै सम्पर्कमा आइनसकेको जनाएको छ । उनीहरुको खोजीका लागि प्रहरी परिचालन गरिएको छ । कैदीहरुले खान, बस्न र सुत्न साथै समयमै उपचार पाउनुपर्ने माग राखेर कारागार प्रशासनसँग असन्तुष्ट जनाउँदै आइरहेका छन् ।
यसअघि २ भदौमा भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा बालकैदी रामेछापका कमल बस्नेतको मृत्यु भएपछि तोडफोड गरेर कैदीबन्दीहरु भागेका थिए । उनीहरुले बिरामी पर्दा समयमा उपचार नपाएर बस्नेतको मृत्यु भएको भन्दै प्रशासनको विरोध गरेका थिए । त्यस घटनामा वीरगन्ज सारिएका १८ कैदीबन्दीसँग वीरगञ्जस्थित सुधार गृहमा अन्य कैदीहरूसँग झडप भएको थियो । त्यसक्रममा नाै जना घाइते भएका थिए । त्यसपछि १८ जनालाइ जिल्ला प्रकाकाे हिरासतमा राखिएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन
पुष २४, २०८१ बुधबार
‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार